१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इदलिब हवाई आक्रमणमा बाइसको मृत्यु

दमासकस  –सिरियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने विद्रोहीले कब्जा गरेको इदलिबमा बुधबार भएको हवाई आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
घटनास्थलमा पुगेको अनुगमन टोलीले मृतकमध्ये झन्डै आधा सङ्ख्या बालबालिकाको रहेको जनाएको छ ।

इदलिबको छेउतिर पर्ने हास सहरमा रहेको एक विद्यालयको प्राङ्गणमा हवाई आक्रमण भएको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ ।
सो संस्थाले हवाई आक्रमणमा रुसका युद्धक विमानहरुको संलग्नता रहेको हुनसक्ने बताएको छ ।

अधिकारीक कुनै विवरण नआएकाले अहिलेसम्म प्राप्त विवरणहरुको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन । इदलिब अतिवादी समुहको नियन्त्रणमा रहेको क्षेत्र हो । त्यस क्षेत्रलाई लक्षित गरेर धेरै हवाई आक्रमणहरु हुने गरेका छन् । रासस/सिन्ह्वा

 

प्रकाशित: ११ कार्तिक २०७३ ०५:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App