१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सडक दुर्घटनामा पत्रकार शर्माको मृत्यु

काठमाडाैं- ललितपुरको धोबीघाटमा भएको सडक दुर्घटनामा तत्कालीन प्रेस सेन्टर काठमाडौँका अध्यक्ष गोविन्द शर्माको मृत्यु भएको छ। उनीसँगै मोटरसाइकल चालक चन्द्रमणि मुडभरीको पनि मृत्यु भएको छ।

आइतबार दिउँसो साढे ३ बजे स्कोरपियो र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ। सातदोबाटोतर्फबाट बल्खु आउँदै गरेको स्कोरपियो र विपरीत दिशाबाट आएको मोटरसाइकल आपसमा ठोकिएका महानगरीय ट्राफिक प्रहरी प्रभाग सानेपाका प्रमुख (प्रहरी नायब निरीक्षक) हरिसिंह धामीले बताए।

उनका अनुसार मोटरसाइकल चालक मुडभरी र पछाडि बसेका शर्मा दुवैको टाउकामा चोट लागेको थियो। घाइते दुवैलाई पहिले मेघा अस्पताल लगिएको र अस्पतालले रिफर गरेर नर्भिक अस्पताल पठाएको उनले बताए। धामीले भने, “नर्भिक अस्पताल पुगेको केही समयमा उहाँहरुको मृत्यु भएको थियोे।” स्कोरपियोका चालकलाई नियन्त्रणमा लिइएको प्रभागले जनाएको छ। रासस

प्रकाशित: १९ जेष्ठ २०७६ १६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App