१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

भोटेकोशीमा चार सय जनाले लिए निशुल्क स्वास्थ्य सेवा

चाकु बजारमा भएको निशुल्क स्वास्थ्य शिविरमा परिक्षण गराउँदै स्थानीय । साथका गाउँपालिका अध्यक्ष राजकुमार पौडेल ।

काठमाडौं– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ चाकु बजारमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा करिब चार सय जनाले सेवा लिएका छन्। आइतबार सिमान्तकृत पिछडिएका वर्ग आदीका लागि लक्षित जनस्वास्थ्य अभियान अन्तर्गत ३ नम्बर प्रदेश अन्तरगत सामाजिक विकास मन्त्रालयको सहयोगमा र गाउँपालिका समन्वयमा भएको निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो।

शिविरमा विभिन्न रोगका चार सय ३ जनाले स्वास्थ्य परिक्षण गरेको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए। जसमा दुइ सय सात जना पुरुष, एक सय ७६ जना महिला र २० जना बालबालिकाले स्वास्थ्य परिक्षण गरेका हुन्।

पौडेलका अनुसार आँखा परिक्षण १ सय १९, दाँत परिक्षण ५५, पाठेघर ७६, पाठेघर क्यान्सर १, रगत ४५, आयुर्वेदिक ५५ र अन्य ३८ जनाले सेवा लिएका छन्। पाठेघरको चेकजाँच गर्दा एक जनामा क्यान्सर भेटिएको छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App