१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विश्वकपः बंगलादेशले बनायो विशाल स्कोर, साउथ अफ्रिकालाई ३३१ रनको लक्ष्य

तस्बिर : ICC

काठमाडौं– विश्वकप क्रिकेटअन्तर्गत आजको खेलमा बंगलादेशले साउथ अफ्रिकासामु ३३१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। यसपालिको विश्वकपमा यो सबैभन्दा ठूलो स्कोर हो। 

लण्डनको द ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३३० रनको विशाल स्कोर बनायो। बंगलादेशसामु साउथ अफ्रिकाका बलर निरीह बने।

बंगलादेशका लागि मुसिफ्कर रहिमले ८ चौकासहित सर्वाधिक ७८ रन बनाए। सकिब अल हसनले ८ चौका र १ छक्कासहित ७५ रन जोडे। महमुदल्लाले (नटआउट) ४६, सौम्य सरकारले ४२, मोसादेक हुसेनले २६, मोहम्मद मिथुनले २१, तमाम इक्वालले १६ रन बनाए। 

बलिङतर्फ इमरान ताहिर, क्रिस मोरिस र एन्डिल फेलुक्वाओले समान २/२ विकेट लिए।

प्रकाशित: १९ जेष्ठ २०७६ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App