१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

खगेन्द्र लामिछाने अव निर्देशक

काठमाडौं- 'टलकजंग भर्सेस टुल्के', 'पशुपति प्रसाद' जस्ता चलचित्रमा रुचाइएका खगेन्द्र लामिछाने अव निर्देशकको रुपमा 'पानीफोटो' मार्फत डेव्यू गर्ने भएका छन्।

टुकी आर्टसले निर्माण गर्न लागेको 'पानीफोटो' मार्फत उनले निर्देशको करियर सुरु गर्न लागेका हुन्। चलचित्र यस्तो बनाउने भन्दा पनि सकेसम्म मेहनत गरेर राम्रो बनाउने चलचित्र निर्माण घोषणा कार्यक्रममा लामिछानेले बताए। चलचित्रको लेखन पनि उनैले गर्नेछन् भने कलाकारको भमिकामा समेत देखा पर्ने छन्।   

रंगमञ्चक कालाकार लिएर निर्माण गर्न लागिएको चलचित्रमा सुनिल पोखरेल, निसा पोखरेल, अनुप वराल, मेनुका प्रधान, कमलमणी नेपाल लगायतका कलाकार रहेका छन्।

पन्ध्र वर्ष अगाडि बेपत्ता भएको आफ्नो छोराको पर्खाइमा बसेका बाउआमाको कथा समेटेर चलचित्र बनाइएको हो। आफ्ना सपनाहरु मध्येको एक मुख्य सपना 'पानीफोटो' निर्देशन गर्नु भएको लामिछानेले बताए।

आगामी भदौबाट 'पानीफोटो'को काठमाडौं, चितवन, स्याङजा र रोपामा सुटिङ हुने छ। चलचित्रको प्रदर्शन सन् २०२० मा हुने छ। यसलाई निमेष श्रेष्ठ र अर्जुन कार्कीले सम्पादन गर्दैछन् भने दीपक बज्राचार्य यसका छायाँकार हुन्।

प्रकाशित: १९ जेष्ठ २०७६ ११:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App