१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

धुमधाम बिहेमा शोक धुनको केहि अर्थ छैनः मन्त्री बास्कोटा

सिन्धुली– सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले नेकपाका दुबै अध्यक्ष प्रधानमन्त्री बन्न योग्य भएको बताएका छन्।

आइतबार विहान प्रेस संगठन नेपाल जिल्ला शाखा सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले अध्यक्षहरुको आफ्नै भुमिका रहेको भन्दै आफ्ना भुमिका अभिभारा र सम्पादन गर्नुपर्ने काम जानकारी भएको बताए। उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने हल्ला मात्रै भएको र आफ्नो पनि  अध्यक्षहरुसँग कुरा भइरहेको बताए। 'धुमधाम विहे भइरहेको समयमा शोक धुनको केहि अर्थ रहदैन,' सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले सञ्चारकर्मीहरुसँग भने, 'सरकार आफ्नै गति मतिले अगाडी बढ्छ। चियाको कपमा तुफान ल्याउने काम कसैले नगर्दा राम्रो हुन्छ,' उनले थपे 'कुखुराले जुठो कोट्याए जसरी कोट्याउने अध्यक्षहरुको बानी छैन।'

मिडिया काउन्सील विधेयक संचार क्षेत्रको भलाइका लागी ल्याएको भन्दै विरोध भन्दा स्वागत गर्नुपर्ने बताए। उनले सरकारले ल्याएको बजेट समृद्धी र सुखलाई प्रमुख आधार बनाएर अघि बड्ने निष्कर्स निकालेर सोही अनुसार बजेट ल्याएको दावी गरे। आगामी वर्षको बजेटले जनताको जीवनस्तर गुणात्मक सुधार गर्ने लक्ष्य लिएको मन्त्री बास्कोटाको दाबी छ।

बृद्धभत्ता तथा कर्मचारीको तलव बृद्धिले बृद्धबृद्धा र कर्मचारीमा उत्साह छाएको भन्दै सामाजिक सुरक्षाभत्ता बढाउन केहि चाडो भएको बताए। 'जनतामा निराशा छाएकाले हामीले सामाजिक सुरक्षा भत्ता बढाएका हौ,' उनले भने, 'अझै केहि आधार तय भएपछि मात्रै बढाउनुपर्ने थियो। ‘ बहुमत सहितको सरकारको पहिलोबर्षको बजेटलाई प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले आलोचना गरेको भन्दै हालको बजेटलाई कही कतैबाट केही भन्न नसकेपछि अन्तिममा वितवरण मुखी बजेट भनेको उनले दाबी गरे।

प्रकाशित: १९ जेष्ठ २०७६ ०८:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App