१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भाँचिएको कुर्सी देखाउँदै सांसदले भने : सभामुख महोदय! चार पटक भयो यहाँबाट लडेको

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका सांसद खगराज अधिकारीले संसद भवनका कुर्सी भाँचिए पनि मर्मत नगरिएको भन्दै आपत्ति जनाएका छन्। संसद बैठकमा उनले  कुर्सी उठाउँदै भने, 'सम्माननीय सभामुख महोदय चार पटक भयो म यहाँबाट लडेको।' अहिलेसम्म दुर्घटना भएको छैन बचिएको छ भन्दै उनले यो कुर्सी बनाउन संसद सचिवालयलाई कतिपटक भन्नु पर्ने हो भन्दै प्रश्न गरे। 'संसद सचिवालयले आगामी दिनमा कम्तिमा यस्ता कुर्सीहरु नराखियोस् यो त धराप भयो', उनले भने,' यो त गम्भित र आपत्तिको विषय भएकोले ज्यान जोगाइ पाउँ भन्नु पर्ने अवस्था आयो।'

अधिकारीले आफ्नो कुरा राखिसकेपछि सभामुख कृष्णबहादुर महराले आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताए।

प्रकाशित: १९ जेष्ठ २०७६ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App