१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उच्चअदालतका न्यायाधीशमाथि भएका निर्णय झिकाउने आदेश

काठमाडौं – सर्वोच्च अदालतले उच्चअदालत जनकपुरका न्यायाधीश लेखनाथ ढकालका विषयमा भएका निर्णय झिकाउने आदेश गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले न्यायाधीश ढकालविरुद्ध परेको रिट निवेदनमाथि पहिलो सुनुवाई गर्दै शुक्रबार निर्णय झिकाउने आदेश गरेको हो ।

सर्वोच्चले न्याय परिषद्बाट ढकालका विषयमा भएका निर्णय मगाउने आदेश गरेको हो । काभ्रेका उमेश बानियाँले न्याय परिषद्मा दिएको उजुरी छानबिन नगरी तामेलीमा राखिएकाले बदर गरिपाउँ भन्दै सर्वोच्चमा न्यायाधीश ढकालविरुद्ध रिट निवेदन दर्ता गर्न पुगेका थिए । रिट निवेदक बानियाँले आफूले १८ लाख रुपैयाँ घुस दिएको दाबी गर्दै परिषद्मा उजुरी दर्ता गरेका थिए ।

घुस दिएको भन्ने उजुरी तामेलीमा राखिएको भन्दै उनी निवेदन लिएर सर्वोच्च पुगेका थिए । ढकालविरुद्ध परेको रिट निवेदन सर्वोच्च प्रशासनले यसअघि दर्ता गर्न नमिल्ने दरपीठ आदेश गरेको थियो । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दरपीठको आदेश बदर गर्दै आदेश दिएपछि दर्ता भएको थियो । न्याय परिषद्मा न्यायाधीश ढकालविरुद्ध घुस रकम लिएर मुद्दा छिनेको आरोप लगाउँदै उजुरी दर्ता भएको थियो । परिषद्ले उजुरी छानबिन गर्नु नपर्ने भन्दै तामेलीमा राखेको थियो ।

प्रकाशित: १९ जेष्ठ २०७६ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App