१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

धरानमा डेंगु भयावहतर्फ- १९ दिनमै ७३ जना बिरामी

बिपी प्रतिष्ठान अस्पताल प्रशासनले शुक्रबार डेंगुबारे आयोजना गरेको पत्रकार सम्मेलन। तस्बिरः रोहित राई/नागरिक

धरान–पछिल्लो पटक धरानमा डेंगुका ७३ जना बिरामी भेटिएका छन्। यो संख्या धरानमा १९ दिनको अवधिमा भेटिएको हो।

डेंगु रोग नियन्त्रणबाहिर हुँदै गएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुक्रबार पत्रकार सम्मेलन गरेर धरान उपमहानगरपालिकासँग मिलेर -यापिड रेस्पोन्स टिम गठन गरेको जानकारी दिएको छ। यो टिमले उपमहानगरसँग मिलेर समुदायस्तरमा पुगेर डेंगुको अण्डा र लार्भा नष्ट गर्ने अभियान सुरुआत गरेको पनि प्रतिष्ठानले जनाएको छ। ‘डेंगुको प्रकोपबारे हामी गम्भीर छौं, त्यसैले नियन्त्रणका लागि सक्दो सहकार्य र प्रयास गरिरहेका छौं,’ अस्पताल निर्देशक डा.साहले भने।

प्रतिष्ठानकी माइक्रोबायोलोजी विभाग प्रमुख प्रा.डा.बसुधा खनालले प्रतिष्ठानमा ११४ जनामा जाँच हुँदा ६० जनामा डेंगु पुष्टि भएको जानकारी दिइन्। यो संख्या मे १२ देखि ३१ तारिखको बीचमा भेटिएको हो। हालसम्म ¥यापिड टेष्ट मात्र भएकोले डेंगु भएको पुष्टि भए पनि कुन टाइपको डेंगु हो भन्नेर प्रस्ट भने नभएको उनले बताइन्। कुन टाइप हो भन्ने थाहा पाउन सिरोटाइपिङ गर्नुपर्छ। ‘अहिलेसम्म १९ दिनमै ६० जनामा देखियो, अझै अस्पतालसम्म नआइपुगेको धेरै होलान्। त्यसैले संख्या अझै बढी छ,’उनले भनिन्, ‘रोग प्रतिरोध क्षमता बलियो भएको व्यक्ति अस्पतालसम्म आउँदैनन्, संख्या अझै धेरै हुनसक्छ।’

यस्तै, धरान–१० स्थित विजयपुर हस्पिटलमा पनि डेंगुका १३ बिरामी उपचार गराएको उक्त अस्पतालले जनाएको छ। ज्वरो भएर आएका करिब २२ जनामा संक्रमण देखिएको भए पनि १३ जनाले मात्र अस्पतालमा उपचार गराएको निर्देशक प्रभाव खतिवडाले जानकारी दिए। ‘हाम्रोमा १३ जनाले उपचार गराए, ५ जना त अहिले पनि अस्पतालमा नै छन्,’ उनले भने। धरानमा भेटिएका बिरामीहरू ६ वर्षका देखि ६१ वर्षका वृद्धसम्मलाई डेंगु भएको छ।
चिकित्सकका अनुसार मनसुनपछि डेंगु देखिनुपर्ने भए पनि यस वर्ष छिटो देखापरेको छ। यसअघि, करिब २ वर्षअघि पनि धरानमा डेंगुको प्रकोप देखिएको थियो। यसपालि चाँडै पानी परेको र गर्मी पनि अत्यधिक बढेका कारण डेंगुको संक्रमण फैलिएको हुनसक्ने प्रतिष्ठानकी माइक्रोबायोलोजी प्रमुख डा.खनालले बताइन्। ‘डेंगु संक्रमित मच्छडले अण्डा पारिराखेको हुन्छ, त्यसमा पानी परेर र गर्मी बढेपछि लार्भा भएर मच्छड हुने र मान्छेलाई टोकेर संक्रमित भएको हुनसक्छ,’ उनले भनिन्।

लार्भा र अण्डा नष्ट नगरेसम्म नियन्त्रण नहुने
बिपी प्रतिष्ठानका विज्ञ एवं चिकित्सकले फगिङले मात्र डेंगु नियन्त्रण हुन नसक्ने बताएका छन्। उनीहरूले डेंगु संक्रमित मच्छडले पारेको अण्डा र लार्भा नष्ट गर्ने अभियान मात्र प्रभावकारी हुने बताए। यसका लागि समुदायस्तरमा नै लार्भा र अण्डा नष्ट गर्ने अभियानको थालनी गर्नुपर्ने सुझाव ¥यापिड रेस्पोन्ट टिमका संयोजक डा.विजयकुमार खनालले बताए। ‘हामीले त्यो अभियान सुरु गरेका छौं, वडामा गएर अण्डा र लार्भा कुन ठाउँमा हुन्छ, र कसरी नष्ट गर्ने भनेर सिकाउँछाैं, उहाँहरूले पनि सबैलाई सिकाउँदै अभियान चलाउनुहुन्छ,’उनले भने।

फगिङले वयस्क मच्छडलाई मात्र मार्ने भएकोले अण्डा र लार्भा पूर्णरुपमा नष्ट नभएसम्म डेंगु नियन्त्रण गर्न गाह्रो हुने उनले बताए। अण्डा र लार्भा घरभित्र र आँगनमा जम्मा भएको सफा पानीमा हुने भएकोले कतै पनि पानी जम्मा हुन नदिन चिकित्सकको सुझाव। सामान्य प्रशासन शाखामा कार्यरत -यापिड रेस्पोन्स टिमका सदस्य महेश्वर राईका अनुसार पानी अभाव हुन्छ भन्दै धरानमा धेरै ड्रम वा टंकीमा पानी जम्मा गरेर राख्ने चलनले डेंगुको प्रकोप बढ्न मद्दत पुगेको छ।

‘हामीले घर र स्कुलहरूमा गएर हे¥यौं, पानी स्टक गर्नुपर्छ भनेर ड्रममा राखेका छन्, त्यो डेंगुको बासस्थान हो,’ राईले भने, ‘त्यहाँ डेंगु मच्छडले अण्डा पारेको हुनसक्छ, त्यो पोखाउनुपर्छ र पानी जम्मा गर्दा एकदम कसेर राख्नुपर्छ।’ डेंगु रोग पोथी लामखुट्टेले दिउँसो टोकेर मानिसमा संक्रमण हुने गर्छ। यो लामखुट्टे सफा पानीमा मात्र बस्ने भएकोले घर, आँगन कतै पनि सफा पानी जम्न दिन नहुने चिकित्सकको भनाइ छ। साथै, लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ।
 

प्रकाशित: १८ जेष्ठ २०७६ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App