१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं - पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
    
पूर्वमा बनेको न्यून चापिय रेखा र प्रि–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताए। सामान्यतः प्रिमनसुनको समयमा अपरान्ह र साँझपछि मौसम धुमिएर मेघगर्जन र हावाहुरीसहित वर्षा हुने बताइएको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी भू–भागको केही स्थान र मध्य तथा पूर्वीका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान मशाखाले जनाएको छ।  

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका धेरैजसो स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ। सोमबार देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
    महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम १९ दशमलव शून्य डिग्री र  अधिकमत तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबै भन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ४० दशमलव तीन डिग्री सेल्सियस मापन गरिएको छ। रासस

प्रकाशित: १८ जेष्ठ २०७६ ०५:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App