१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पाकिस्तान विरूद्ध वेस्ट इण्डिजकाे सहज जित

काठमाडौं– आइसीसी एकदिवसिय विश्वकपमा वेष्ट इण्डिजले पाकिस्तानमाथि ७ विकेटको सहज जित निकालेको छ। आज इंग्ल्याण्डको नटिङघममा भएको खेलमा टस हारेर व्याटिङमा उत्रिएको पाकिस्तानको ब्याटिङ जम्न नसक्दा १०५ रनमै समेटिन पुगेको थियो। पाकिस्तानले २१ ओभर ५ बलमा अल आउट हुँदै प्रस्तुत गरेको १०६ रनको सामान्य लक्ष्य वेस्ट इण्डिजले १३ दशमलव ४ ओभरमा ३ विकेट गुमाउदै भेटेको थियो।

ब्याटिङमा पाकिस्तानका लागि फकर जमान र बाबर आजमले समान सर्बाधिक २२/२२ रनको योगदान दिए भने वाहब रियाजले १८ रन बनाउँदा मोमम्मद हाफिजले १६ रन बनाए। यसबाहेक अन्य पाकिस्तानी ब्याट्म्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

यता बलिङ्मा वेस्ट इण्डिजका ओसेन थोमसले ४ विकेट लिए भने कप्तान जेसन होल्डरले ३ विकेट लिए। त्यस्तै आन्द्रे रसेलले २ विकेट लिँदा सेल्डोन कोट्रेलले १ विकेट लिए।

व्याटिङमा वेस्ट इण्डिजका लागि क्रिस गेलको विस्फोटक अर्धशतक महत्त्वपूर्ण रह्यो। त्यस्तै निकोलस पुरनले ३४ बनाउँदा साइ होपले ११ रन तथा सिमरन हेटमेअरले ७ रन बनाए भने डरेन ब्राभो खाता नखोल्दै पभेलियन फर्किएका थिए। पाकिस्तानका लागि मोहम्बद अमिरले ३ विकेट लिएका थिए।

प्रकाशित: १७ जेष्ठ २०७६ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App