१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पाकिस्तानकाे कमजाेर सुरूवात, १०५ रनमा अलआउट

काठमाडाैं– आइसीसी एकदिवसिय विश्वकपमा पाकिस्तानले कमजोर सुरुवात गरेको छ। वेष्ट इण्डिज विरूद्धकाे खेलमा टस हारेर व्याटिङमा उत्रिएको पाकिस्तानको ब्याटिङ जम्न नसक्दा १०५ रनमै समेटिन पुग्यो। ट्रेनब्रिजमा जारी खेलमा  पाकिस्तानले २१ ओभर ५ बलमा अल आउट हुँदै १०६ रनकाे सामान्य लक्ष्य प्रस्तुत गरेकाे हाे। 

पाकिस्तानका लागि फकर जमान र बाबर आजमले समान सर्बाधिक २२/२२ रनको योगदान दिए भने वाहब रियाजले १८ रन बनाउँदा मोमम्मद हाफिजले १६ रन बनाए। यसबाहेक अन्य पाकिस्तानी ब्याट्म्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

यता बलिङ्मा वेस्ट इण्डिजका ओसेन थोमसले ४ विकेट लिए भने कप्तान जेसन होल्डरले ३ विकेट लिए। त्यस्तै आन्द्रे रसेलले २ विकेट लिँदा सेल्डोन कोट्रेलले १ विकेट लिए।

प्रकाशित: १७ जेष्ठ २०७६ ११:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App