१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाली फुटबल टोली मलेसिया प्रस्थान

काठमाडौं – मलेसिया र चाइनिज ताइपेईविरुद्धको मैत्रीपूर्ण खेलमा खेल्न नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ। नेपाली टोलीलाई अखिल नेपाल फुटबल(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा  र युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बिदाइ गरेका थिए। नेपाली टोलीले आइतबार क्वालालम्पुरमा पहिलो मैत्रीपूर्ण खेलमा मलेसियाको सामना गर्नेछ भने बिहिबार चाइनिज ताइपेईविरुद्ध चुनौती दिनेछन्। टोली मलेसियाबाट ताइपेइ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रिय टोलीका प्रशिक्षक योहान कालिनले टोली सन्तुलित भएकाले सुखद नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको बताएका छन्। ‘टोली सन्तुलित छ। नतिजा सुखद आउनेमा म विश्वस्त छु,’कोलिनले भने, ‘मलेसिया र चाइनिज ताइपेई बलिया टोली हुन्। उनीहरूविरुद्धको खेल टोलीको कमजोरी पत्ता लगाउने माध्यम बन्नेछ।’

नेपाली टोलीले सेप्टेम्बरमा विश्वकपको छनोट खेल खेल्दै छ। त्यसैले एन्फाले विश्वकप छनोटको विशेष तयारी स्वरूप राष्ट्रिय टोलीलाई मैत्रिपूर्ण खेलमा सहभागी गराएको र आगामी दिनमा पनि अन्य मैत्रिपूर्ण खेलको व्यवस्था गरिने एन्फा अध्यक्ष शेर्पाले बताए। शेर्पाले गत वर्ष नेपाली महिला टोलीले ओलम्पिकको दोस्रो चरणमा प्रवेश गरेको

इतिहास स्मरण गर्दै सोझै विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश पाउनु उत्कृष्ट अवसर भएको उल्लेख गरेका छन्। शेर्पाले अब बलिया टोलीको चुनौती पार गर्दै राष्ट्रिय टोलीले नयाँ इतिहास कोर्नेमा आशावादी भएको पनि थपेका थिए। एसियाली राष्ट्रहरूमध्य विश्व वरीयतामा ३४औं स्थानमा रहेपछि नेपालले पहिलो पटक विश्वकप छनोटको दोस्रो चरण खेल्ने अवसर पाएको हो।

अनुभवी स्ट्राइकर भरत खवास र विमल घर्तीमगरको अनुपस्थितीमा कोलिनले नयाँ रणनीति प्रयोग गर्ने अनुमान गरिएको छ। त्यस्तै कप्तान विराज महर्जनले राष्ट्रिय टोलीले मैत्रीपूर्ण खेललाई विश्वकप छनोट र मंसिरमा नेपालमै आयोजना हुने साग खेलकुदको तयारीको रूपमा लिएको बताएका छन्। ‘टोली नयाँ खेलाडीको आगमनले सन्तुलित बनेको छ। त्यसैले यी दुई मैत्रीपूर्ण खेल हाम्रा लागि धेरै पक्षमा सहयोगी बन्नेछ,’विराजले भने,‘पुराना खेलाडीले आफ्नो अनुभवको भरपुर प्रयोग गर्न आवश्यक छ भने नयाँ खेलाडीले पनि पाएको अवसरमा आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ।’ नेपाली टोलीले शनिबार क्वालालम्पुरमा पहिलो मैत्रीपूर्ण खेलमा मलेसियाको सामना गर्नेछ भने बुधबार चाइनिज ताइपेईविरुद्ध चुनौती दिनेछ। टोली मलेसियाबाटै ताइपेइ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

 

प्रकाशित: १७ जेष्ठ २०७६ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App