१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लोकतान्त्रिक पथबाट विचलनमा जानसक्ने चिन्ता

काठमाडौं – जनआन्दोलनका क्रममा दुवाकोटमा बन्दी बनाइएका नागरिकले देश लोकतान्त्रिक पथबाट विचलनमा जानसक्ने चिन्ता गर्दै अपिल गरेका छन्। हिंसात्मक अराजकतातर्फ जाने परिस्थिति, भ्रष्टाचार बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

‘राष्ट्रिय स्वाधीनता खतरामा पर्नसक्ने लगायतका अनेक जोखिम देखा पर्न थालेकाले हामी वर्तमान सरकारलाई लोकतान्त्रिक संघीय गणतन्त्रको मर्मअनुरूप चल्न आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

उनीहरू २०६२/०६३ सालको लोकतान्त्रिक आन्दोलनमा २४ नागरिक कर्फ्यु तोडेर प्रत्यक्ष सामेल भएका थिए। वर्तमान लोकतान्त्रिक गणतन्त्रको संविधानलाई क्रियाशील गराउन शास्वत लोकतान्त्रिक मूल्यमान्यता अंगीकार नगरी मुलुकलाई लोकतान्त्रिक बाटोबाट विचलित हुन नदिने दायित्व नागरिकको भएको विज्ञप्तिमा उल्लेख छ।

‘देशमा असन्तुष्टि बढ्दै अराजकताको हदसम्म नपुगोस् भन्ने चाहाना राख्दै मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग ऐन संशोधन प्रस्ताव, शिक्षासम्बन्धी विधयेकलगायत लोकतान्त्रिक मूल्य मान्यतामा आधारित संक्रमणकालीन न्यायका सवाललाई द्वन्दपीडितका माग सम्बोधन गर्न जोडदार अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।

२४ जनामध्ये लक्ष्मणप्रसाद अर्याल र पद्मरत्न तुलाधरको निधन भैसकेको छ। अन्य दमननाथ ढुंगाना, सुन्दरमणि दिक्षित, मधु घिमिरे, भरत प्रधान, सरोज धिताल, शरद वन्त, विदुर वस्ती, राशन झा, मल्लके सुन्दर, कनकमणि दिक्षित, शान्ता दिक्षित, चरण प्रसाईले विज्ञप्ति जारी गरेका हुन्।

प्रकाशित: १७ जेष्ठ २०७६ ०१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App