१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसको जनजागरणमा सरकारको विरोध

बाजुरा- नेपाली काँग्रेस जिल्ला कार्यसमितिले मार्तडीमा आयोजित जनजागरण कार्यक्रममा बोल्ने बक्ताहरुले सरकारको खुलेरै विरोध गरेका छन्। जनताको आकांक्षा र चाहनालाई संवोधन गर्न नसकेको र झुटको खेती गरेको आरोप लगाउँदै नेताहरुले विरोध गरेका हुन्।

जागरण कार्यक्रममा सहभागि काँग्रेस वरिष्ठ नेता एवं पूर्व उपप्रधान मन्त्री रामचन्द्र पौडेलले देश कम्यूनिष्टहरुले सञ्चालन गर्न नसक्ने पृष्टी भईसकेको दाबी गरेका छन्। मार्तडीमा आयोजित आम सभामा पौडेलले सरकार गठनको वर्षदिन नबित्दै व्यापक निराशा छाएको र जनताले विकल्प खोजिरहेको बताएका छन्।

सरकारमा बसेर पक्षपाती व्यवाहार गरिएको, राजनीतिक आस्था र विचारमा देशलाई विभाजित गर्न खोजिएको आरोप लगाएका छन्। राज्यको ढुकुटी रित्याएर कार्यकर्ता पोस्ने काम गरिएकोले काँग्रेसले खबरदारी गर्नु पर्ने बेला आएका छन्। रेल पानी जहाजका पुरा हुनै नसक्ने सपना देखेर जनताका समस्या ओली सरकारले संवोधन गर्न नसकेको बताएका छन्।

कार्यक्रममा जनजागरण अभियान बाजुरा जिल्ला संयोजक एवं काँग्रेस केन्द्रीय सदस्य नरेश कुमार सिंहले ओली सरकारप्रति नेकपाकै नेता कार्यकर्ता सन्तुष्ट नभएको र भ्रष्टाचारीहरुको संरक्षण गर्ने केन्द्रका रुपमा सरकार स्थापित भएको आरोप लगाएका छन्।

कार्यक्रममा काँग्रेस नेता एवं पूर्वसहायक मन्त्री जनकराज गिरीले नेपालका हरेक आन्दोलनको अगुवाई र उपलब्धीको मियोको रुपमा काँग्रेसले भूमिका खेलेकोले त्यसको निरन्तरता दिनु पर्ने बताएका छन्। शान्ति प्रक्रिया, लोकतन्त्र प्राप्ती र संविधान निर्माणमा काँग्रेसको भूमिका बारे चर्चा गरेका गिरीले विप्लपसँगको वार्ताका लागि काँग्रेसले समिति बनाउनु पर्नेमा जोड दिएका छन्।

कार्यक्रममा पूर्व सांसद देवराज जोशी, पूर्व सभासद महा नेपाली, पूर्व पाटी सभापति मनबहादुर रावल, काँग्रेस महासमिति सदस्य पदम शाही, जुना दानी, रामसिंह रावल, लगायत २ दर्जन नेताहरुले संवोधन गरेका थिए।

प्रकाशित: १६ जेष्ठ २०७६ १३:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App