१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाँकेका एक हजार ८३२ ले रोजगार पाउने

बाँके– सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष एक हजार ८३२ले रोजगारी पाउने भएका छन्। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रअनुसार यस जिल्लामा २०७५/७६ भित्र बेरोजगारी सूचीमा दर्ता भएकामध्ये एक हजार ८३२ जनालाई ३० दिन बराबरको रोजगार उपलब्ध गराइने भनिएको छ।

जिल्लाको बैजनाथ र राप्तीसोनारीमा २२६, खजुरामा २१२, डुडुवा र जानकीमा १४० तथा नरैनापुर गाउँपालिकामा १२६ जनाले ३० दिन बराबरको रोजगारी पाउने भएका छन्।

त्यसैगरी नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले ७६२  बेरोजगार युवालाई रोजगारी दिने नेपालगञ्ज नगरउपप्रमुख उमा थापामगरले बताइन। कार्यक्रमअन्तर्गत सरकारले बाँकेका स्थानीय तहमा रु ४० करोड ६० लाख ससर्त अनुदानको व्यवस्था गरेको छ। रासस

प्रकाशित: १६ जेष्ठ २०७६ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App