१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सरकारको प्रस्तावप्रति सांसदहरुकै आपत्ति

काठमाडौं– राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय खेलकुद परिषदमा कर्मचारी संघ रहने कानुनी व्यवस्था गर्ने सरकारको प्रस्तावप्रति आपत्ति जनाएका छन्। राष्ट्रियसभाकी सांसद डा. विमला पौडेलले खेल क्षेत्रलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन पनि सरकारले ल्याएको सो प्रस्ताव मान्य नहुने अडान राखेकी हुन्।

संघीय संसदको विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको छलफलमा भाग लिँदै उनले खेलकुद क्षेत्रको व्यवसायिक विकासका लागि पनि परिषदमा कर्मचारी संघको व्यवस्था गर्न नहुने स्पष्ट पारे।

राष्ट्रिय सभाकाकै अर्का सांसद ठगेन्द्रप्रकाश पुरीले युवा तथा खेलकुद मन्त्री अध्यक्ष हुने राष्ट्रिय खेलकुद परिषदको सदस्य खेलसम्बन्धि ज्ञान र सीप भएकोलाई राख्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरे। उनले सो समितिमा युवा तथा खेलकुद मन्त्रालयका सचिव अनिवार्य रहने व्यवस्था हटाउन पनि सरकारलाई सचेत गराए।

बैठकमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले खेलकुद क्षेत्रको विकासका लागि मन्त्री आफै जिम्मेवार हुने भएकाले सोही अनुसारको कानुनी व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो। उनले खेलकुद क्षेत्रको विकासका लागि आफूले सकेको योगदान दिँदै आएको दावी पनि गरे।

समितिको बैठकमा सांसदहरुले खेलकुद क्षेत्रको पूर्वाधार विकासमा जोड दिन पनि सरकारसँग आग्रह गरेका थिए।

प्रकाशित: १६ जेष्ठ २०७६ ०७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App