१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माधव नेपाल प्रमुख अतिथि बनाइएपछि असन्तुष्टि

रौतहट – नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई गृह जिल्ला रौतहटको एउटा कार्यक्रममा प्रमुख अतिथि बनाइएपछि पक्षविपक्षमा बहस सुरु भएको छ। नेपाली कांग्रेस र समाजवादी पार्टीको वर्चस्व रहेको जिल्ला समन्वय समिति रौतहटको दोस्रो साधारणसभामा नेपाललाई प्रमुख अतिथि बनाइएपछि दुई खाले धारणा आएका हुन्।

रौतहटबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने कांग्रेसका महम्मद आफताब आलम, देवप्रसाद तिमल्सिना, नेकपाका प्रभु साह र राजपा नेपालका अनिलकुमार झा जिससको साधारणसभामा उपस्थित भएनन्। जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशका दुई राज्यमन्त्री डा. डिम्पल झा तथा योगेन्द्रप्रसाद यादवको उपस्थिति पनि देखिएन। अधिकांश नेताको असन्तुष्टि माधवकुमार नेपाललाई प्रमुख अतिथि बनाइएकोमा थियो। जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद तथा प्रदेशमा राज्यमन्त्री हुँदाहुँदै पनि सरकार र संसद्मा विशेष स्थानमा नरहेका नेपाललाई प्रमुख मन्त्री बनाइएकोमा बहस सुरु भएको हो।

कांग्रेस र समाजवादी पार्टीको वर्चस्व रहेको जिससको साधारणसभामा नेकपाका नेतालाई प्रमुख अतिथि बनाइनु कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको समाजवादी पार्टीका नेता एवं प्रदेश राज्यमन्त्री योगेन्द्र राय यादवले बताए। नेपालको गृह जिल्ला रौतहट भएको र पूर्वप्रधानमन्त्री भएकाले नेपाललाई प्रमुख अतिथि बनाउनु स्वाभाविक भएको नेकपाका नेता शम्भु साहले बताए।

प्रकाशित: १६ जेष्ठ २०७६ ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App