राजतन्त्र हटेको ११ वर्षपछि गणतन्त्र पार्क

बिहिबार, १६ जेठ २०७६, ०७ : २५ नागरिक

काठमाडौं – सरकारले राजतन्त्र हटेको ११ वर्षपछि गणतन्त्र पार्क स्थापना गरेको छ। गणतन्त्र दिवसको अवसर पारेर नारायणहिटी संग्रहालय परिसरमा निर्मित गणतन्त्र पार्क (गणतन्त्र स्मारक) बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन्। पार्क उद्घाटन कार्यक्रममा राष्ट्रपतिसहित प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, अन्य पदाधिकारीलगायत उच्चपदस्त अधिकारी सहभागी थिए। पार्क ४५ करोड रुपैयाँ लागतमा तयार भएको हो।

२०६५ जेठ १५ गते राजतन्त्र अन्त्य र गणतन्त्र घोषणासँगै तत्कालीन राजदरबार सरकारले नारायणसिहटी राजदरबार परिसरलाई ‘नारायणहिटी संग्रहालय’ घोषणा गरेको थियो। संग्रहालय परिसरकै पूर्वतर्फको ३५ रोपनी क्षेत्रफलमा सहरी विकास मन्त्रालयले गणतन्त्र पार्क र गणतन्त्र स्थापनाका क्रममा भएका विभिन्न सशस्त्र तथा शान्तिपूर्ण आन्दोलन झल्कने गरी ‘गणतन्त्र स्मारक’ निर्माण गरेको हो। पिरामिड शैलीमा निर्माण गरिएको गणतन्त्र पार्क आन्तरिक तथा बाह्य पर्यटकका लागि गन्तव्य बन्ने सरकारको दाबी छ।

गणतन्त्र पार्क र स्मारकमा कुँदिएका कतिपय तस्बिरमा भने सेनाले गम्भीर आपत्ति जनाएको छ। तत्कालीन विद्रोही नेकपा माओवादीबाट सञ्चालित १० वर्षे सशस्त्र आन्दोलनलाई बढवा र सरकारी सुरक्षाकर्मीलाई आलोचना गर्ने गरी तस्बिर कुँदिएकोमा सैनिक अधिकारीरूले असन्तुष्टि जनाएका हुन्। गणतन्त्र पार्कका अधिकांश संरचना सहरी विकास तथा भवन निर्माण विभागको व्यवस्थापनमा निर्माण भएको हो।

स्मारक निर्माण बिकोई स्काई बंगलामुखी जेभी, एसवाई कन्स्ट्रक्सन र बिके कन्स्ट्रक्सनले गरेको हो। कुल ३५ रोपनीमध्ये ५ रोपनीमा गणतन्त्र स्मारकका रूपमा मेमोरियल प्लाजा निर्माण गरिएको छ। प्लाजामा नेपालको संविधान २०७२ को अग्रभाग शीलालेखका रूपमा चित्रित छ।

२०६५ सालमै गणतनत्र पार्कको डिजाइन तयार भए पनि २०६८ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले शिलान्यास गरेका थिए। बुधबारबार उद्घाटन गरिएको पार्क छिट्टै सर्वसाधारणका लागि खुला गरिने मन्त्रालयले जानकारी दिएको छ। पार्कमा प्रवेशका लागि निश्चित कार्यविधि तयार पारेर खुला गरिनेछ।

टुँडिखेलमा गणतन्त्र दिवस

सरकारले ११ औं गणतनत्र दिवस विशेष कार्यक्रम आयोजना गरी मनाएको छ। गणतन्त्र दिवसका अवरसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा सरकारले विशेष कार्यक्रम आयोजना गरेको हो। गणतन्त्र दिवस बढाईं कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रधानसेनापति पूर्णचन्द्र थापा, विभिन्न राजनीतिक दलका नेता, सांसदलगायत उच्चपदस्त अधिकारी टुँडिखेलमा उपस्थित थिए।

सो अवसरमा सेना, प्रहरी, सशस्त्र प्रहरी, स्काउट, विद्यार्थीले विशेष कला प्रस्तुत गरेका थिए भने सैनिक हेलिकप्टरले पुष्पवर्षा गरेको थियो। हरेक वर्ष सरकारले जेठ १५ लाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ। विगतमा गणतन्त्र दिवसमा सार्वजनिक बिदा दिने गरिए पनि यसपटकदेखि बिदा कटौती गरिएको छ।

सरकारद्वारा गणतन्त्रमाथि हमला: देउवा

– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट नेतृत्व वर्तमान सरकार लोकतान्त्रिक गणतन्त्रमाथि हमला गर्न सक्रिय रहेको आरोप लगाएका छन्। गणतन्त्र प्रवेशको १२ औं वर्षको अवसरमा बुधबार बिहान पार्टीले आयोजना गरेको प्रभातफेरीपछि शान्ति बाटिकामा आयोजित कार्यक्रममा देउवाले प्रेस स्वतन्त्रता र मानव अधिकारलाई कुण्ठित गरेर सरकारले लोकतन्त्रमाथि आक्रमण प्रयास थालेको दाबी गरे।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि फेरि एकपटक तयार रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै देउवाले लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्न सक्ने बताए। ‘जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्र हुँदैन,’ उनले भने, ‘प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई सरकारले नियन्त्रणमा लिने र लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरिसकेको छ। त्यसको रक्षाका लागि तयार हुने बेला आयो। तपाईंहरू तयार हुनुहोला।’ राजाबाट पटकपटक लोकतन्त्र खोसिँदा लोकतन्त्रको रक्षाका लागि कांग्रेसले राजतन्त्र सधैंका लागि अन्त्य गर्ने कामको अगुवाइ गरेको स्मरण गर्दै देउवाले लोकतान्त्रिक गणतन्त्रलाई जीवन पद्धति बनाउनुपर्ने तर्क गरे।

‘यो धेरै ठूलो लडाइँ, त्याग र तपस्याको प्रतिफल हो,’ उनले भने, ‘त्यसको रक्षाका लागि कांग्रेसले हिजो पनि संघर्ष गरेको थियो, आज पनि गरिरहेको छ र भोलि पनि गर्नेछ।’

स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनपछि संविधान कार्यान्वयनको पहिलो चरण सकिएर देशमा संक्रमणकालीन राजनीति अन्त्य भएको धारणा राख्दै उनले भने, ‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माणमा हामी सबै लाग्नुपर्छ।’

कार्यक्रममा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई दीर्घायु बनाइराख्ने जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताए। त्यसकै लागि पार्टीले जागरण अभियान सुरु गरेको जिकिर गर्दै निधिले भने, ‘यसलाई दीर्घायु बनाएर जनताको मुहारमा हाँसो र समृद्धि ल्याउने प्रतिज्ञा गरौं।’ कांग्रेसले वैचारिक नेतृत्व गरेकै कारण नेपालमा गणतन्त्र आएको जिकिर गर्दै निधिले भने, ‘हाम्रो गणतन्त्र कम्युनिस्ट गणतन्त्र होइन, निर्दलीय, एकतन्त्र र तानाशाही गणतन्त्र पनि होइन।’

तीन दिनसम्म गणतन्त्र दिवस मनाउने निर्णय गरेको कांग्रेसले बुधबार साँझ काठमाडौंसहित सबै जिल्लामा दीप प्रज्ज्वलन गरेको छ। बिहीबार संघीयताको विषयमा काठमाडौंसहितका जिल्लामा मंगलबार गणतन्त्रको एक दशक भनेर सबै जिल्लाका कार्यक्रम गरेको छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad