१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नयाँ शक्ति संयोजक डा.भट्टराई चीन प्रस्थान गर्दै

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई। तस्विरः उत्तमबाबु श्रेष्ठ

काठमाडौं— नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई २१ औं शताब्दीको सामुन्द्रिक सिल्क रोड प्रदर्शनमा सहभागी बुधबार राति चीन प्रस्थान गर्दैछन्।

ग्वाङ्गडोङ्ग प्रान्तका गभर्नर झु जियोदानको निमन्त्रणामा उनी उक्त प्रदर्शनीको अतिथि वक्ताको रुपमा सहभागी हुन चीन जान लागेका हुन्। प्रदर्शनी चीनको गोन्जाओ र ग्वाङ्गडोङ्गमा कार्तिक ११ देखि १४ गतेसम्म हुनेछ।

ग्वाङ्गडोङ्ग बैयुन अन्तराष्ट्रिय सम्मेलन केन्द्र गोञ्जाओमा हुने कार्यक्रममा ‘वान रोड वान बेल्टले चीन र विश्वको बीचमा समान विजयको अवसर कसरी ल्याउँछ?’ भन्ने शिर्षकमा भट्टराईले प्रवचन दिनेछन्।

भट्टराईले चीनमा छँदा ग्वाङ्गडोङ्ग प्रान्त सरकारका प्रमुख तथा चाइना कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुसँग भेटघाट गर्नेछन्।

सामुद्रिक सिल्क रोडका साथै आर्थिक व्यापार र भौतिक पूर्वाधारलाई अन्तर्सम्बन्धित र सबल बनाउनु, देशहरूबीचको सम्बन्ध विस्तारमा वान बेल्ट वान रोडको प्रभावकारी मञ्च निर्माणको प्रारम्भ गर्नु प्रदर्शनीको उद्देश्य रहेको भट्टराईलाई पठाइएको पत्रमा जनाइएको छ।

चीनले अघि सारेको वान बेल्ट वान रोडको अवधारणालाई भारतले विरोध गर्दै आइरहेको छ।

स्वदेश फर्कने क्रममा डा.भट्टराईले कार्तिक १३ गते हङ्कङबासी नेपालीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। पार्टीको अन्तरार्ष्ट्रिय विभाग प्रमुख तथा भट्टराई श्रीमती हिसिला यमी पनि उक्त प्रदर्शनीमा सहभागी हुनेछिन्।

प्रकाशित: १० कार्तिक २०७३ १३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App