१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

इदमा सार्वजनिक बिदा दिन माग

गोरखा– नेपाल मुस्लिम संघले मुस्लिम धर्मावलम्बीको इद पर्वका अवसरमा सार्वजनिक बिदा दिन माग गरेको छ। बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारले यसअघि दिँदै आएको बिदा कटौती फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन्। 

मुस्लिम समुदायको पहिचानलाई स्थापित गर्ने सार्वजनिक बिदा कटौतीले मुस्लिम धर्मावलम्बीलाई चोट पुगेको भन्दै इद पर्वमा बिदा दिन माग गरे। ‘रमजान तथा बकरइद जस्ता मुस्लिम धर्मालम्बीको पर्वमा दिने बिदाले नेपालका सबै समुदायले मुस्लिम धर्मावलम्बीहरुको संस्कृतिलाई बुझ्ने अवसर प्राप्त भएको थियो’, उनले भने, ‘अहिले बिदा कटौती हुँदा पहिचान खोसिएको अनुभूति भएको छ।’ अध्यक्ष सतारले यही महिनाभित्र पर्ने इद पर्वमा सार्वजनिक बिदा दिन माग गर्दै प्रदेश सरकार र सङ्घीय सरकारको ध्यानाकर्षण गराइसकेको बताए।

‘इदलाई एउटा धर्मसँग मात्र नगाँसेर नेपालको संस्कृति हो भन्ने बुझ्नु जरुरी छ’, अध्यक्ष सतारले भने, ‘यसको जगेर्ना गर्न सकिएन भने हामीले पहिचानको जगेर्ना गर्न सकिँदैन।’ ‘धार्मिक हिसाबले मुस्लिम समुदाय नेपाल तेस्रो ठूलो धार्मिक समुदाय हो’, उनले थपे, ‘मुस्लिम समुदाय मात्र होइन धर्म समुदाय र धर्मालम्बीहरुले संस्कृति र पहिचानलाई जगेर्ना गर्ने खालका धार्मिक बिदाहरु कटौती गरिनु हुँदैन।’ 

प्रकाशित: १५ जेष्ठ २०७६ ०८:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App