१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बर्दियामा तीन युवती बेपत्ता

बर्दिया – बर्दियामा तीन युवती बेपत्ता भएका छन्। बेपत्ता हुनेहरुमा मधुवन नगरपालिका–५ की १७  वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् ।

मधुवन नगरपालिका–५ गाउँ नं ११ बाट गत बुधबार बिहान ५ बजेदेखि उनीहरु बेपत्ता भएका हुन् । अघिल्लो साँझ घरमै भएको बुहारी भोलिपल्ट बिहान ५ बजे ओछ्यानमा नभेटिएको नगरपालिका–५ गाउँ नं ११ का भीमराज सापकोटाले बताए। सापकोटाले  बिहान उठ्दा बुहारी नभेटिएको बताएका छन् । उनीहरुले प्रयोग गरेको मोबाइल ‘स्वीचअफ’ छ ।
 
नेपालमा भएका सम्पूर्ण आफन्तलाई सम्पर्क गर्दासमेत फेला नपरेपछि  आफन्तीले इलाका प्रहरी कार्यालय सानोश्रीमा खोजबिनका लागि उजुरी दिएका छन् । माइती नेपाल नेपालगञ्जमा समेत खोजबिनका लागि निवेदन दर्ता गराएका छन् ।

बेपत्ता तीनै जनाको घर नजिकै छ । इलाका प्रहरी कार्यालय सानोश्रीका प्रहरी निरीक्षक गणेशमान खड्काले उनीहरुको हुलियाको आधारमा खोजीकार्य जारी रहेको बताए । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बेपत्ताको खोजीका लागि सबै स्थानमा प्रहरी खटाइएको बताए ।

प्रकाशित: १५ जेष्ठ २०७६ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App