१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अख्तियारमा डिआइजी सुवेदी

डिअाइजी सुवेदी

काठमाडौं— प्रहरी प्रधान कार्यालयको महानिरीक्षक सचिवालयमा रहेका डिआइजी देवेन्द्र सुवेदी अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा भएका छन्। एक महिनादेखि रिक्त रहेको अख्तियारस्थित प्रहरी महाशाखा प्रमुखमा गृहमन्त्री स्तरीय निर्णयबाट उनलाई लगिएको हो।

मध्य क्षेत्र ब्युरो प्रमुख, अपराध महाशाखा, लागूऔषध नियन्त्रण ब्युरोमा काम गरिसकेका डिआइजी सुवेदीलाई प्रहरी प्रधान कार्यालयको सिफारिशमा गृहले अख्तियार पठाएको हो।

डिआइजी हेमन्त मल्ल एक महिनाअघि प्रहरी प्रधान कार्यालय फिर्ता भएपछि प्रहरी महाशाखा डिआइजीबिहीन थियो। कामु अख्तियार प्रमुख दीप बस्न्यातले प्रहरी महाशाखा प्रमुखको पदपूर्ति तत्काल गरिदन आग्रह गरे लगत्तै गृहमन्त्री स्तरीय निर्णयबाट सुवेदीलाई अख्तियार पठाइएको हो।

मध्य क्षेत्र ब्युरो प्रमुख, अपराध महाशाखा, लागूऔषध नियन्त्रण ब्युरोमा काम गरिसकेका डिआइजी सुवेदीलाई प्रहरी प्रधान कार्यालयको सिफारिशमा गृहले अख्तियार पठाएको हो।

यसअघि निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग खटपट परेपछि डिआइजी हेमन्त मल्ल प्रहरी प्रधान कार्यालय फर्किएका थिए। अहिले उनी प्रहरी प्रवक्ताको जिम्मेवारी सहित आइजीपी सचिवालयमा छन्।

प्रकाशित: १० कार्तिक २०७३ ११:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App