१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तीन करोड नेपालीका लागि हाँसिहाँसि मर्न तयार छुः डा केसी

काठमाडौं–स्वास्थ्य क्षेत्रको सुधारसँगै अख्तियार प्रमुख लोकमान सिंह कार्की बिरुद्ध महाअभियोगको माग राखेर पटकपटक अनसन बस्दै आएका डा. गोबिन्द केसीले महाअभियोग प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेका छन्।

अझै अनिर्णित नेपाली कांग्रेसले प्रस्तावको पक्षमा निर्णय नलिए ठूलो क्षति भोग्ने केसीले चेतावनी दिएका छन्। केसीले ठोकुवा गरे– ‘यदि कांग्रेसले विवेक गुमायो भने आगामी चुनावमा पराजय भोग्ने निश्चित छ।’

डा. केसी सँगको संवादको पूर्ण अंश बिहीबार (भोली) को नागरिकन्युजमा हेर्नुहोला।

तीन करोड नेपालीको खुसीका लागि जस्तोसुकै कष्ट भोग्न तयार रहेको भन्दै उनले भनेका छन् ‘म एकजनाले पीडा सहेर वा ज्यान गुमाएर करोडौं नेपालीको जीवनमा परिवर्तन हुन्छ भने, म हाँसिहाँसि मर्न तयार छु।’

डा. केसीसँग नागरिक शोका लागि टेकनारायण भट्टराईले गरेको संवादको अंश-

प्रकाशित: १० कार्तिक २०७३ ०९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App