१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सडकमा राखिएको बम निस्क्रिय

इटहरी- प्रतिबन्धित नेपाल कम्यूष्टि पार्टी (नेकपा) विप्लव समूहले आज आह्वान गरेको बन्दको क्रममा कोशी राजमार्ग अन्तर्गत सुनसरी हाँसपोसा क्षेत्रमा राखेको बम सेनाको टोलीले निस्क्रिय पारेको छ। चारकोसे जंगल क्षेत्रमा पर्ने सडक छेउमा राखेको दुईवटा बम सेनाको पूर्वी पृतना मुख्यालय इटहरीको टोलीले निस्क्रिय पारेको हो।

त्यो शंकास्पद वस्तुलाई मालबाहक ट्रकले लतारेपछि प्रहरीले बासको साहराले सडक छेउमा राख्न सफल भएको थियो। लगतै सेनाको टोली आएर निस्क्रिय पारेको हो। निस्क्रिय पारिएको बम टाइम भएको इटहरीका डिएसपी समीरचन्द्र खरेलले जनाए। ‘विहान ५.३० बजेतिर प्रहरी आएर त्यो शंकास्पद वस्तु देख्नेवित्तिकै छुसस् गरि सामान्य आवाज निस्कियो,’ उनले भने, ‘प्रहरीलाई नै लक्षित गरेर राखिएको हुनुपर्छ, किन कि ५ बजेतिर त्यही सडक खण्डमा गस्ती गरेपछि आधा घण्टापछि त्यहाँ पुगेका छौं।’

यसैगरी, मोरङ सुन्दरहरैँचा नगरपालिकाको ठडिएमो भेटिएको संकास्पद वस्तु पनि सेनाको टोलीले निस्क्रिय पारेको छ । विप्लव समूहको बन्दले पूर्वको जनजीवन प्रभावित भएको छ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App