१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गुटगत कार्यक्रममा सहभागी हुँदै केन्द्रीय प्रतिनिधि

सोलुखुम्बु – ‘म आज कार्यक्रममा नआएको भए पूर्व पार्टी सभापति छत्रध्वज बस्नेतसँग भेट हुने थिएन,’ नेपाली कांग्रेस सोलुखुम्बुको एउटा पक्षले शुक्रबार आयोजना गरेको जागरण अभियानमा केन्द्रीय प्रतिनिधि तथा कांग्रेस नेतृ कुमारी लक्ष्मी रार्ईले भनिन्।

त्यसलगत्तै नेतृ राईले केन्द्रिय नेतृत्वको कुरा जोडिन्। ‘केन्द्रबाट मलाई दुईवटा कार्यक्रममा नजानु, एउटा कार्यक्रममा मात्र जानुपर्छ भन्ने निर्देशन थियो। एउटा कार्यक्रममा यति धेरै समूह उपस्थिति हँुदा पार्टीले कसरी उपेक्षित गर्न सक्छ ?,’ उनले फेरि थपिन्, ‘म आफ्नो ब्रम्हजे देख्यो, त्यही गर्ने मान्छे हुँ। मलाई खुसी लागेको छ। केन्द्रको निर्देशन पनि नमानेर तपाईंहरूसामु आएर विचार राख्ने हिम्मत गरेँ।’ नेतृ राईले राम्रो कुरामा हिम्मत गर्न सक्नुपर्छ भन्दै केन्द्रमा पाटी एकताको सन्देश बोकेर जाने बताइन्।

राईको भनाइमा केन्द्रले कांग्रेस नेता बलबहादुर केसी पक्षले आयोजना गरेको कार्यक्रममा मात्र सहभागी हुन निर्देशन थियो भन्ने प्रष्ट हुन्छ तर राई सो निर्देशन तोडेर कांग्रेसको नगर समिति (नेता आङगेलु पक्ष)ले सल्लेरीको समीक्षा हलमा आयोजित जागरण कार्यक्रममा सहभागी बन्दै थिइन्। उनले खुलेर भनिन्, ‘मैले बोलेको कुरा जस्ताको तस्तै लेखिदिए हुन्छ।’ जिल्लामा भएको गुटगत विभाजन केन्द्रीय नेतृत्वले थाहा पाउनुपर्ने नेतृ राईको भनाइ थियो।

भोलिपल्ट अर्को पक्षले जिल्लाको नेचामा आयोजना गरेको जागरण कार्यक्रममा पनि नेतृ राई प्रमुख वक्ता भएर उपस्थित थिइन्। उनले सो कार्यक्रममा पनि सोही कुरा दोहो¥याइन्। उनले भनिन्, ‘एकले अर्काको अस्तित्व स्वीकार नगर्नु पार्टीका लागि घाटाको विषय हो। अस्तित्व स्वीकार गरेर जिल्लामा पार्टीलाई बलियो बनाउनुप¥यो,’ उनले थपिन्, ‘आफ्नै सहकर्मीका कारण निर्वाचनमा हार व्यहोर्नुपर्ने दिनको अन्त्य होस्।’ पार्टीमा गुटगत राजनीति मौलाउँदा गत निर्वाचनमा कांग्रेसले ८ स्थानीय तहमध्ये एक नगरपालिकामा मात्र जित दर्ता गराएको थियो। आन्तरिक द्वन्द्वकै कारण प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका उम्मेदवारले पराजय भोग्नुपरेको थियो।

प्रकाशित: १३ जेष्ठ २०७६ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App