१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उपत्यकामा बन्दकाे आंशिक प्रभाव

काठमाडाैँ - सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव उपत्यकामा कम देखिएको छ। अन्य दिनभन्दा आज निकै कम सवारी साधन चलेका छन्। निजी सवारी साधनहरु सडकमा केही बाक्लो देखिए पनि सार्वजनिक गाडीहरु कम चलेका छन्। सर्वसाधारणमा त्रास फैलाउन विप्लवको नेकपाले सार्वजनिक सम्पत्तिमा बिस्फोट  गराएको छ भने केही स्थानमा बम राखेकोछ।

निर्वाध रुपमा सवारी नचल्दा बिहानैदेखि जनजीवन प्रभावित भएको छ।  सीमित मात्रामा चलेका सवारी साधनमा कोचिएर यात्रा गर्न यात्रुहरु बाध्य भएका छन्।सडकमा सवारी गुडिरहेका भए पनि अन्य दिनभन्दा आज बिहानैदेखि कम सवारी चलेकोमहानगरीय ट्राफिक प्रहरी महाशाखाको भनाइ छ। काठमाडौंबाट उपत्यका बाहिर जाने सवारी साधन बन्दको मारमा परेका छन्। त्रासले पृथ्वी, अरनिकोलगायतका राजमार्ग सुनसान जस्तै बनेका छन्। महाशाखाका अनुसार, उपत्यकाका नाकाबाट कुनै पनि सवारी बाहिरिएका छैनन्।

अहिलेसम्म प्राप्त विवरणअनुसार बारा, मकवानपुर र सुर्खेतमा गाडीमा आगो लगाइएको छ भने देशका दर्जनभन्दा बढी स्थानमा बम तथा विस्फोटक पदार्थ फेला परेका छन्। बन्दको प्रभाव उपत्यकाका शैक्षिक संस्थाहरुमा पनि परेको छ। कलेजहरुका कक्षाहरु भएका छैनन् भने विद्यालयहरुले पनि बालबालिकालाई विद्यालय नपठाउन अभिभावकहरुलाई सूचित गरेका छन्।

आइतबार उपत्यकामा श्रृंखलाबद्ध बम विस्फोटपछि सरकारले सुरक्षा व्यवस्था मजबुत पारेको भन्दै सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गरे पनि बन्दको त्रास उपत्यकामा देखिएको छ। सरकारले गत फागुन २८ गते विप्लवको पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। प्रतिबन्धपछि उक्त पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको थियो।

प्रकाशित: १३ जेष्ठ २०७६ ०४:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App