१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नौबिसे र महादेबबेसीमा बम भेटियो, सेनाद्धारा डिस्पोज

धादिङ  - धादिङको नौबिसे र महादेबबेसीमा बम भेटिएको छ । जिल्लाको थाक्रे गाउँपालिका वडा नं ६ महादेबबेसीमा सोमबार बिहान १ः३० बजेतिर सकेट बम भेटिएको हो । बम महादेवबेंशी स्थित पुलमा फेला परेको प्रहरीले जानकारी दिए ।

त्यस्तै धुनीबेसी नगरपालिका वडा नं ६ नौबिसेमा पनि प्रेसर कुकर बम भेटिएको छ। बिहान ५ः३० बजे भेटिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिए । दुबै ठाउँमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । विष्फोट र विष्फोटक पदार्थ भेटिएका घटनाले सर्वसाधारण त्रसित छन् ।

विप्लब समूहको बन्दका कारण पृथ्वी राजमार्गमा अन्य दिनको तुलनामा आज सवारी साधन पनि कम चलेका छन् । राजमार्ग हुँदै यात्रामा हिडेका यात्रुहरुलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा सम्म पु¥याइरहेका छन्  भने ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App