१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

अख्तियारको काम नरोक्न आयुक्तहरूसँग प्रधानमन्त्रीको आग्रह

काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पाँच जना आयुक्तले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन्। अख्तियार प्रमुख लोकमानसिंह कार्की  विरुद्ध संसदमा महाभियोग प्रस्ताव पेश भएपछि कार्की निलम्बनमा परेका छन्। कार्की निलम्बनमा परेपछि पाँचै जना आयुक्तले प्रधानमन्त्रीसँग भेट गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री दाहालले अख्तियारको काम अगाडि बढाउन आग्रह गरेका थिए।

‘अहिले अख्तियारले गरिरहेका कामलाई नियमित रुपमा अगाडि बढाउन प्रधानमन्त्रीले आयुक्तहरुसँग आग्रह गर्नुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने,‘ यो नियमित भेटघाट भएका कारण कुनै खाश विषयमा कुराकानी भएन।’ प्रधानमन्त्रीलाई भेट्न आयुक्तहरु प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए।  सो छलफलमा प्रधानमन्त्रीले अख्तियारका कामका विषयमा सरकार कुनै दबाब नदिने भन्दै आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका थिए। स्रोतका अनुसार प्रधानमन्त्री दाहालले अख्तियार प्रमुख कार्की निलम्बरमा परेपनि आयोगको काम नरोक्न आयुक्तहरुलाई आग्रह गरेका थिए।

कार्की विरुद्ध  गत बुधबार सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेकपमा एमालेका १५७ सांसदले महाभियोग प्रस्ताव दर्ता गराएपछि कार्की निलम्बनमा परेका छन्। महाभियोग प्रस्तावमाथि मंगलबारदेखि व्यवस्थापिका संसद बैठकमा सैद्धान्तिक छलफल सुरु भएको छ।

 

प्रकाशित: १० कार्तिक २०७३ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App