हेलिकोप्टर दुर्घटनामा पाँच सैनिकसहित छ जनाको मृत्यु

आइतबार, १२ जेठ २०७६, १४ : ४९ नागरिक

मेक्सिको सिटी– मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित छ जनाको मृत्यु भएको छ।

जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। देशको उत्तरी क्वेरेतारो प्रदेशमा पर्ने दुर्गम पहाडी क्षेत्रमा हेलिकोप्टर दुर्घटना भएको राष्ट्रपति अन्द्रेस म्यानुयल लोपेज ओब्राडोरले शनिबार जानकारी दिए।

एमआई—१७ हेलिकोप्टर छिमेकी सान लुइस पोटोसी प्रदेशको भाल्ले मेर्डेबाट घटनास्थलतर्फ गएको थियो। आगो निभाउनका लागि हेलिकोप्टरमा २५ सय लिटर (६६० ग्यालेन) पानी पनि लगिएको एक सैनिकले जानकारी दिएका छन्। अति दुर्गम क्षेत्रमा दुर्घटना भएकाले थप र आधिकारिक विवरणहरु आउन बाँकी नै रहेको जनाइएको छ। 'दुर्घटनाको खबरले हामीलाई स्तब्ध बनाएको छ, घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धान्जली र आफन्तप्रति सहानुभूति व्यक्त गर्दछौँ,' एक सार्वजनिक समारोहमा राष्ट्रपति ओब्राडोरले भने।

वर्षा नभएकाले अत्यधिक गर्मी भई पछिल्लो समयमा मध्य मेक्सिकोमा जङ्गली जनावरहरुलाई गाह्रो भएको र आगलागीका घटनाहरु पनि भइरहेको अधिकारीहरुले जनाएका छन्।








यसमा तपाईको मत

अन्य समाचार

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी प्रदर्शनि हुदैं

नेपाल फाईभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ्ग र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर...

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य

प्राईम कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी...

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

एनएमबी बैंकले भिसा वल्र्डवाइड प्रा.लि.सँग सम्झौता पत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ।

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ...

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले चौथौ सेवाग्राही दिवस सम्पन्न गरेको छ । ...

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकमले पोखरा प्रिमियर लिग (पिपिएल) को सह–प्रायोजक गरेको छ । ...

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब विच प्रभु बैंक लि. जावलाखेल...

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको...

Ncell Footer Ad