१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पुरानै शैलीका शुक्ष्म कामलाई महत्वपुर्णमा समावेश

सिन्धुली– जिल्लाको कमलामाई नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको पदवहाली पश्चात २ वर्षमा भएका महत्वपुर्ण कार्यहरु नगरपालिकाले सार्वजनिक गरेको छ। कमलामाई नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि जनप्रतिनिधि निर्वाचित भएर दुई वर्ष पुगेपछि जनप्रतिनिधिबाट भएका महत्वपुर्ण कार्य भन्दै नगरपालिकाले गरेका गतिविधि सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको कार्यहरु शुक्ष्म कार्य देखिएका छन्। त्यहि शुक्ष्म कार्यलाई नगरपालिकाले महत्वपुर्ण कार्य मानेको छ।

नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएपश्चातको दुई वर्षमा ५८ वटा बँुदामा महत्वपुर्ण कार्य भनेर सार्वजनिक गरेको छ। नगरपालिकाले सार्वजनिक गरेको कार्यमा त्यस्तो ठोस कार्य केहि देखिदैन। नगरप्रमुख खड्गबहादुर खत्रीले सफ्टवयरको काम भन्दा हार्डवयरमा धेरै खर्च गरेको जनाएपनि सार्वजनिक भएको काम धेरै शुक्ष्म काम देखिएको छ। नगरपालिकाले लोकतान्त्रिक चौरमा जुनारको स्तम्भ निर्माणको अन्तिम तयारीदेखि मादल र मुरलीको संरक्षणलाई समेत महत्वपुर्ण कार्यमा सार्वजनिक गरेको छ।

नगरपालिकाबाट मादल मुरलीजस्ता लोपन्मुख बाजाको संरक्षण गरिएको छ, नगरप्रमुख खड्गबहादुर खत्रीले दुई वर्षे उपलब्धि सार्वजनिक गर्दै भने, ‘विभिन्न विद्यालयलाई कम्युटरसमेत सहयोग गरेका छन्। नगरपालिकाको  विषयगत शाखाबाट हुने नियमित गतिविधिलाई समेत महत्वपुर्ण कार्यमा नगरप्रमुख खत्रीले सार्वजनिक गरेका छन्।  सार्वजनिक गरिएको प्रतिवेदनमा भौतिक निर्माण धेरै देखिएको छैन। नगरपालिकाको भित्रि बाटोहरुलाई कालोपत्रे सुरु गरिएको जनाइएको छ। सिन्धुलीगढी पुर्ननिर्माण तथा संरक्षणका लागि विस्तृत गुरुयोजना निर्माण गरिएको जनाइएको छ। यस्तै सिन्धुलीगढीलाई नै संरक्षण गर्न रानी दरबारको डिजाइन, नक्सा तथा लागत अनुमान तयारी सम्पन्न भएको, घेराबेराको कार्य भएको शौचालय निर्माण भएको जस्ता कार्यलाई महत्वपुर्ण काम भनिएको छ।

यस्तै नगरपालिकाले आठ वटा योजनामा विस्तृत आयोजना प्रतिवेद (म्एच्) गरेको नगरप्रमुख खत्रीले जनाए। विस्तृत आयोजना प्रतिवेदनमा अन्तर स्थानीय तह तथा अन्तर जिल्ला जोड्ने महत्वपुर्ण ५ वटा सडकको प्रतिवेदन तयारी भएको, नगरसभाहलको प्रतिवेदन, कमलामाई नगरपालिकामा पिकनिक स्पट निर्माणको प्रतिवेदन, कमला नदी नियन्त्रणको प्रतिवेदनका लागि सर्भे सुरु भएको, भिमान बसपार्ककको प्रतिवेदन निर्माण, चदाहा, दोभान पार्क निर्माणको प्रतिवेदन नगरक्षेत्रमा विद्युतिकरणको आवश्यक प्रतिवेदन, जनमैत्री खानेपानीको प्रतिवेदन गरि आठ ओटा बुँदामा डिपीआर भएको नगरप्रमुख खड्गबहादुर खत्रीले जनाए।

जनप्रतिनिधिले कुनै नयाँ छुट्टै कार्य गर्न नसकेको र पुरानै कार्यहरुलाई निरन्तरता दिदैं आएको प्रतिवेदनबाट देखिएको स्थानीय बताउँछन्। नगरपालिकाले खास नयाँ कार्य गरेको देखिएन, सदरमुकाम सिन्धुलीमाढीका एक स्थानीयले भने पुरानै शैलीमा काम भएको छ। पशु स्वास्थ्य शिविर, पशुपालक कृषकलाई अनुदान, उन्नत जातको बोयर बोका वितरण, घाँसको विउ वितरण गरिएको जस्ता पुरानै कार्यलाई निरन्तरता दिएर नगरपालिकाले जनप्रतिनिधिले निर्वाचित भएको दुई वर्षको उपलब्धिका रुपमा सार्वजनिक गरेको छ। जनप्रतिनिधिले सार्वजनिक गरेका कार्य निर्वाचित जनप्रतिनिधि आउनु अगाडी पनि यत्तिका योजना र कार्य भएका थिए, त्यस्तो छुट्टै महत्वपुर्ण कार्य गरेको देखिएन, एक स्थानीयले भने–‘डिपीआरमा नै धेरै खर्च भएको देखियो। साना योजनालाई पनि डिपिआर गरेर वजेट सक्ने कार्य मात्रै भएको स्थानीयको टिप्पणी छ।

प्रकाशित: १२ जेष्ठ २०७६ ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App