१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुतेकै स्थानमा रहस्यमय मृत्यु,अनुसन्धानका लागि तालिम प्राप्त कुकुर परिचालित

चितवन - चितवनमा एक जनाकाे सुतेकै स्थानमा रहस्यमय मृत्यु भएकाे छ। कालिका नगरपालिका १ लंकालाईनका ४८वर्षीय कुमार श्रेष्ठको आफ्नै घरमा सुतेकै स्थानमा मृत्यु भएको हाे। विहान छ बजेसम्म नउठेपछि बोलाउन जाँदा उनी मृत गरिएको अवस्थामा फेला परेका हुन्।

श्रेष्ठले लगाएको पाँच तोलाको सिक्री र तीन तोलाको औठी चोरी भएकोले लुटेरा समूहले आक्रमण गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख ‘डीएसपी’ सन्तोष आचार्यले जानकारी दिए ।

घटना शंकास्पद भएको भन्दै प्रहरीले कुकुरसहितको अनुसन्धान टोलीले अनुसन्धान गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलयका निरीक्षक युवराज तिमल्सिनाले बताए। उनका अनुसार मृतकको शरीरमा कुनै घाउनदेखिएको र मृत्युको कारण पोस्टमार्टमपछि मात्र थाहा हुनेछ।

प्रकाशित: १२ जेष्ठ २०७६ ०५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App