१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मन्थलीमा सभाहल बन्दै

रामेछाप - जिल्लामै पहिलो पटक आधुनिक सभाहल निर्माण हुने भएको छ। जिल्लामा ठूला कार्यक्रम सञ्चालन गर्न सभाहलको अभाव भएपछि मन्थली नगरपालिकाले आधुनिक हल निर्माण गर्न लागेको हो।

मन्थलीको हाटेचौरमा निर्माण गरिने सो हल एक हजारजना क्षमताको हुने मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले बताए। हल निर्माण भएपछि सभासम्मेलन गर्दा हलको अभाव झेल्न नपर्ने उनले बताए।

सभाहलको डिजाइनको जिम्मा इन्जिनियरको घर प्रालिले पाएको छ। करिब चार करोड लगानीमा हलका साथै ५०÷५० जना अटाउने थप दुईवटा भवन बन्ने भएका छन्। संघीय सरकारले विनियोजन गरेको बजेटअनुसार मन्थली नगरपालिकामा स्विमिङ पुल, पार्क र सभाहल निर्माण गर्न लागेको प्रमुख बस्नेतले जानकारी दिए।

प्रकाशित: १२ जेष्ठ २०७६ ०१:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App