१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हत्या अभियोगमा ४ जना नेपाली ताक्लाकोटमा पक्राउ

हुम्ला– कामको खोजीमा तिब्बतको ताकलाकोट पुगेका ४ नेपाली हत्या अभियोगमा पक्राउ परेका छन्।

काम गरेर पैसा कमाउने भनेर गएका सर्केगाड २ उनापानी गाउँका  पेज फडेरासहित चार जनालाई चिनिया प्रहरीले १ हप्ता अगाडि ताक्लाकोटमा चिनिया महिलाको हत्या गरेको आरोपमा पक्राउ गरेको हिल्सामा लामो समयदेखि होटेल व्यवसाय गर्दै आएका सिमकोट १ दोजामका ईन्द्र लामाले बताए। पेज फडेरा बाहेक अन्य ३ जनाको नाम नखुलेको उनले बताए।

चिनिया प्रहरीले चिनिया महिलासँग भएको पैसा लुटेर हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउमा परेका चारै जनालाई थप अनुसन्धानका लागि पुराङ काउण्टीको सदरमुकाम टिन्चु लगिसकेको ताक्लाकोट पुगेका बिगत लामाे समयदेखि ताक्लाकोटमा ब्यापार व्यवसाय गर्दै आएका नाम्खा १ गाडपारीका उर्गेन लामाले बताए। हत्या अभियोगमा ४ जना समातिए पनि बास्तबिक हत्यारा पत्ता लगाइ अनुसन्धान पछि निर्दोष भए छोड्ने चिनिया प्रहरीले बताएको उनले जानकारी गराए।

४ जना पक्राउ परेपछि ताक्लाकोटमा नेपाली कामदारलाई कडाई गरिएको छ। चिनिया सरकारको नियम कानुनको परिधि भित्र रहेर काम गर्नु पर्ने र उसको नीति नियम अनुसार चल्नु पर्ने हुँदाहुदै पनि केही व्यक्तिको गलत क्रियाकलाप गरेकाले सबै नेपालीलाई दुःख दिने गरेको लामाको भनाई छ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी रामप्रसाद घर्तिमगरलाई सोध्दा आफूलाई जानकारी नभएको बताए।

प्रकाशित: ११ जेष्ठ २०७६ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App