१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘पत्नीभक्त’ सुमन

फेसन मनपराउने धेरैले आफ्नो टिसर्टमा मन परेका देशी–विदेशी कलाकारका तस्बिर अंकित टिसर्ट लगाएको देखिन्छ। कसैले ब्रेटनी र त कसैले बब मार्लीका तस्बिर अंकित टिसर्ट लगाएको थुप्रै भेटिन्छ। भक्तपुर बोडेका एक युवाले भने आफ्नी श्रीमतीको तस्बिर अंकित टिसर्ट लगाएर धेरैको ध्यान खिँचेका छन्।

रौतहट, कटनी घर भई राजधानीमा मजदुरी गरिरहेका ३५ वर्षीय सुमन मगरले आफ्नी श्रीमती आशाको तस्बिर अंकित टिसर्ट लगाउँदा खुसी मिल्ने गरेको सुनाउँछन्। ‘मेरा लागि सबैभन्दा राम्री उनै हुन्,’ उनले भने, ‘त्यसैले ७ सय रूपैयाँ खर्च गरेर यस्तो टिसर्ट तयार गरे।’

श्रीमतीको तस्बिर अंकित टिसर्ट लगाएर सुमनले आफ्नो सानो छोरा र श्रीमतीलाई मात्र होइन, टोल÷समाजका अन्य धेरैको अनुहारमा मुस्कान छरिदिएका छन्।

श्रीमतीको तस्बिर अंकित टिसर्ट लगाएर सुमनले आफ्नो सानो छोरा र श्रीमतीलाई मात्र होइन, टोल÷समाजका अन्य धेरैको अनुहारमा मुस्कान छरिदिएका छन्। थोरै पैसामा तयार भएको एउटा गन्जीले आफ्नो जीवनमा अमूल्य खुसी दिएको उनले महसुस गरे।

गलैचा कारखानामा काम गर्ने क्रममा दुई वर्ष प्रेममा परेपछि ११ वर्षअगाडि उनीहरूको विवाह भएको हो। आठ वर्षीया छोरी हीरा र डेढ वर्षका छोरो आयुषमानका पिता सुमनले यो टिसर्ट लगाउँदा सन्तान पनि रमाएको सुनाए।

‘जब म काम सकेर घर फर्कन्छु, डेढ वर्षीय छोराले मम्मी भन्दै कुदेर आउँछ,’ उनले हास्दै भने, ‘मेरो छातीमा देखेको आमाको तस्बिर र मेरो अनुहार दुवै नियाल्दै ऊ खुवै रमाउँछ।’ 

जब म काम सकेर घर फर्कन्छु, डेढ वर्षीय छोराले मम्मी भन्दै कराउँछ,’ उनले हास्दै भने, ‘मेरो छातीमा देखेको आमाको तस्बिर र मेरो अनुहार नियाल्दै ऊ खुवै रमाउँछ।’
टिसर्टमा श्रीमतीको तस्बिर अंकित गर्दा मिलेको खुसी निकै अमूल्य रहेको उनले सुनाए।
आफूले एक वर्षअगाडि दुई वटा टिसर्ट तयार गरेको उनले सुनाए। ‘एउटामा मेरो तस्बिर पनि राखेको थिएँ,’ उनले हास्दै सुनाए, ‘लजाएर होला मेरी श्रीमतीले भने त्यो लगाएर हिँडिनन्।’

श्रीमानले आफ्नो तस्बिर अंकित गन्जी लगाएको देख्दा आशालाई पनि खुसी लाग्छ। ‘उहाँ टिसर्ट लगाएर मेरो नजिक आउँदा निकै रमाउँछु,’ उनले भनिन्, ‘बाहिर मात्रै होइन, उनले मलाई भित्रैदेखि उत्तिकै माया गर्छन्।’

प्रकाशित: ११ जेष्ठ २०७६ ०२:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App