१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आगलागीमा १५ बालबालिकाको मृत्यु

काठमाडौं – भारतको गुजरातमा पर्ने सुरत सहरको एक व्यावसायिक भवनमा आगलागी भएको छ। शुक्रबार दिउँसो भवनको माथिल्लो तलामा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार भवनको माथिल्लो तलामा रहेको कोचिङ सेन्टरमा बालबालिका अध्ययन गरिरहेका थिए। ठूलो भवनको माथिल्लो तलामा आगो सल्किएपछि ज्यान बचाउन धेरै बालबालिकाले हाम फालेका थिए। सोही क्रममा एकसाथ धेरैजनाको मृत्यु भएको हो।

प्रकाशित: ११ जेष्ठ २०७६ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App