१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘पाँचथर हत्याकाण्डको सत्यतथ्य चाँडै खुल्छ’

झापा– प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथरको मिक्लाजुङमा भएको हत्याकाण्डको सत्यतथ्य चाँडै सार्वजनिक गरिने बताएका छन्।

उक्त घटनाका क्रममा भागेर ज्यान जोगाएकी बालिका सीता खजुमको स्वास्थ्य अवस्था बुझ्न आज दमक पुगेका मन्त्री आङ्बोले घटनाको सत्यतथ्य छानबिन गरी चाँडै सार्वजनिक गरिने बताए। बालिकाको उपचारका लागि प्रदेश सरकारले सबै व्यवस्था गरेको उनले बताए। उनले भने, 'घटनाको सङ्घीय तथा प्रदेश सरकारले छानबिन तीव्र रुपमा गरिरहेको छ, छिट्टै सत्यतथ्य बाहिर आउँछ।' घटनाको छानबिनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताए।

मङ्गलबारदेखि सीताको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ। उनको हात भाँचिएको छ। सीताको स्वास्थ्य अवस्था बुझ्न मन्त्री आङ्बोसँगै नेकपाका नेता योगेश भट्टराई अस्पताल पुगेका थिए। उहाँहरुले अस्पतालका निर्देशक डा मुक्ति भट्टराईसँग बालिकाको अवस्थाबारे जानकारी लिएका थिए।

प्रकाशित: १० जेष्ठ २०७६ १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App