१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

थ्री स्टार र न्यु डायमन्ड फाइनलमा

 काठमाडौं – थ्री स्टार एकेडेमी र न्यु डायमन्ड एकेडेमी ‘ए’ दोस्रो चन्द्रागिरि उपमेयर कप विद्यालय छात्रा भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। नैकापस्थित न्यु डायमन्ड एकेडेमीको कोर्टमा बिहीबार भएको क्वार्टरफाइनलमा थ्री स्टारले परोपकार ‘बी’ लाई २५–१७,२०–२५ र २५–१६ को सेटमा हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो।

दोस्रो क्वार्टरफाइनलमा न्यु डायमन्ड ‘ए’ ले वाकओभर पाएपछि अन्तिम चारमा स्थान बनाउन सफल भएको हो। मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरि नगर कमिटीको आयोजनामा सञ्चानल भएको प्रतियोगिताअन्तर्गत लिग चरणको खेलमा सफलता हात पार्दै न्यु डायमन्ड ‘बी’ ले विजेश्वरी ज्ञानमन्दिरसँग तथा पारामाउन्टले ज्ञानसुधासँग क्वार्टरफाइनलमा भेट पक्का गरेका छन्।

आफ्नो अन्तिम लिग खेलमा न्यु डायमन्ड ‘बी’ ले परोपकार ‘ए’ लाई २५–१२ र २५–१५ को सोझो सेटमा हरायो। दोस्रोे खेलमा पनि परोपकार ‘ए’ पारामाउन्टसँग २५–९ र २५–८ को सोझो सेटमा पराजित भयो।

प्रतियोगिताको विजेताले नगद ६० हजार हात पार्नेछन् भने उपविजेताले ३० हजार पाउनेछन्। यस्तै तेस्रोले १५ तथा चौथोले १० हजार हात पार्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ हजार ५ सय र विधागत उत्कृष्टहरूले समान १ हजार रुपियाँ पाउनेछन्।

प्रकाशित: १० जेष्ठ २०७६ ०१:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App