१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इङ्ल्यान्डलाई हेल्सको समर्थन

लन्डन – एलेक्स हेल्सले घरेलु मैदानमा अर्को साताबाट सुरु हुने विश्वकप २०१९ को टोलीमा स्थान बनाउन नसके पनि इङ्ल्यान्डलाई सधैं आफ्नो समर्थन रहिरहने बताएका छन्। नटिङ्घम सायरका ब्याट्सम्यान १५ सदस्यीय टोलीमा पर्ने अनुमान गरिएको थियो। तर गत महिना गरिएको रगत परीक्षणमा दोस्रो पटक पोजेटिभ नतिजा आएपछि उनीमाथि २१ दिनको प्रतिबन्ध लगाइएको थियो।

त्यसलगत्तै इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले गत संस्करण विश्वकप टोलीमा रहेका हेल्सलाई अन्तर्राष्ट्रिय जिम्मेबारीबाट हटाइएको घोषणा गरेका थिए। ३० वर्षे हेल्सले अबको आफ्नो लक्ष्य बार्बाडोस ट्रिटेन्सबाट क्याराबिन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने रहेको बताएका छन्। त्यहाँ उनले पछिल्लो ७ वर्षदेखि निरन्तर खेलिरहेका छन्।

बुधबार लन्डनमा भएको सिपिएलको अक्सनपछि प्रतिक्रिया दिँदै हेल्सले आफू टोलीमा अनुपस्थित रहे पनि अझै इङ्ल्यान्डले विश्वकप जितेको हेर्न चाहेको बताएका हुन्। ‘म अझै राष्ट्रिय टोलीको समर्थक हुँ र म सबै खेलाडीलाई सफलताको शुभकामना दिन चाहन्छु।

इङ्ल्यान्ड टोलीले पछिल्लो केही वर्षयता निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ,’ हेल्सले भने, ‘इङल्यान्ड विश्वविजेता बन्न सक्षम टोली हो। त्यसैले म मैदानमा उपस्थित हुँदै टोलीको हौसला बढाउन चाहन्छु।’

प्रररम्भिक टोलीमा स्थान बनाए पनि हेल्स मंगलबार घोषित १५ सदस्यीय अन्तिम टोलीमा भने स्थान बनाउन असफल भएका थिए। त्यसबारे सोधिएको प्रश्नमा हेल्सले भने, ‘म यसबारे कुनै कुरा गर्न चाहान्नँ।’ ‘म आफ्नो व्यक्तिगत प्रदर्शन कसरी सुधार्ने भन्नेमा केन्द्रित छु,’ हेल्सले भने।

प्रकाशित: १० जेष्ठ २०७६ ००:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App