स्रष्टाका सपनालाई सरकारले साकार पार्नुपर्छः राष्ट्रपति भण्डारी

बिहिबार, ०९ जेठ २०७६, १७ : ४१ नागरिक

ओखलढुंगा– राष्ट्रपति विद्यादेवी भण्डारीले  स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताएकी छिन्। युगकवि सिद्धिचरण श्रेष्ठको १०८ औं जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका –१२ मा स्थापित उनको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले  स्रष्टाको सिर्जनाले दशकौंँअघि देखाएका सपना साकार बनाउने दायित्व हामीमा रहेको बताइन। राष्ट्रपति भण्डारीले भनिन् ‘युगकवि सिद्धिचरणसहितका सर्जकको योगदानले नेपालको दिगो विकास र ठूलाठूला परिवर्तनमा भूमिका खेलेको छ। त्यो योगदानको हामीले सम्मान गर्नुपर्छ।’ राष्ट्रपति भण्डारीले कला, साहित्य र खेलकुदको विकासका लागि सरकारले नीतिगत पहल गर्नुपर्नेमा जोड दिइन। उनले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा पुग्न सरकारले सबै क्षेत्र र वर्गलाई समेट्न सक्नुपर्ने पनि बताइन।

राष्ट्रपतिले जलस्रोतको सदुपयोग, पर्यटन प्रवद्र्धन र  रैथाने कृषि प्रणालीलाई आधुनिकीकरण गरेर समृद्धिको अभियानमा जुट्नुपर्ने धारणा राखे। रुम्जाटार विमानस्थललाई पुनःसञ्चालन गराउन र निर्माणाधीन दोभास विमानस्थललाई वैकल्पिक मार्गका रुपमा विकास गर्न ध्यानाकर्षण गराउँदै विसं २०७४ वैशाख १ गते आफूले उद्घाटन गरेको थोलेदेम्बा महोत्सवको निरन्तरता र त्यस क्षेत्रमा भएको विकासले आफू सन्तुष्ट रहेको बताइन।

राष्ट्रपति भण्डारीले स्थानीय समुदायलाई रोजगारी उपलब्ध गराउन उद्योगग्रामको अवधारणा ल्याउन तथा स्वच्छ नागरिक र अब्बल खेलाडी उत्पादन गर्न विद्यालय तहदेखि नै खेलकुदका कार्यक्रम गर्न सुझाव दिइन।  तीनै तहका सरकारको प्राथमिकतामा परे पर्यटन क्षेत्रको विकासले नेपाललाई समृद्ध बनाउने राष्ट्रपति भण्डारीको भनाइ थियो।

सिद्धिचरण नगरपालिका र सिद्धिचरण स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले युगकविका सपना पूरा गर्नका लागि  एकताबद्ध भएर विकासको अभियानमा जुट्नुपर्ने बताइन।  उनले भनिन् ‘विकासका मुद्दा साझा बन्नुपर्दछ। स्रष्टाका सपना साकार हुनुपर्दछ। तब मात्रै युगकविको सम्मान गरेको मानिनेछ।’ आफ्नो पनि जन्मभूमि भएकाले ओखलढुङ्गाको विकासका लागि आफूले सक्दो पहल गर्ने आश्वासन उनले दिइन। रासस







यसमा तपाईको मत


अन्य समाचार

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सलको अर्थ के ? धेरै मेगापिक्सलको महत्त्व के ?

मेगापिक्सल धेरै हुँदैमा क्यामरा राम्रो हुने होइन ! ...

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

भुलेर पनि यी कुरा फ्रीजमा राख्दै नराख्नुस

हामी सबैको घरमा फ्रीज हुने नै गर्छ। लामो समयसम्म खाना वा कुनै बस्तु ताजा राख्नका लागि यसको प्रयोग गर्ने गरिन्छ।

इण्डिया एडमिसन एक्स्पो २०१९

इण्डिया एडमिसन एक्स्पो २०१९

उच्च शिक्षाका लागि सहि गन्तव्य भारत हुनसक्छ भन्ने अभिप्रायले इण्डिया एडमिसन एक्स्पो २०१९ अर्थात १० औं बृहद भारतिय शैक्षिक मेला...

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा 
आइएलओको १०८ औं सम्मेलनमा संबोधन

महासंघको रोजगारदाता परिषद्का सभापति ढकालद्वारा आइएलओको १०८ औं सम्मेलनमा संबोधन

अन्तर्राष्ट्रिय श्रम सम्मेलन (International Labour Organization-ILO)  को १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा आज...