१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नागरिकता विधेयकविरुद्ध तीन दल

बलेवा– राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधको अभियान जारी राखेका छन्। केही समयअघि हस्ताक्षर सङ्कलन गरेका ती दलले उक्त विधेयक ‘राष्ट्रघाती’ भएको भन्दै फिर्ता लिन माग गरेका हुन्। आज विधेयकविरुद्ध ती दलले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पनि बुझाएका थिए।

नेपालको राष्ट्रियतामा आँच आउने गरी विधेयक आएकाले विरोध गर्नुपरेको राजमोका अध्यक्ष अमर थापाले बताए। अहिले ठूलो सङ्ख्यामा गैरनेपालीले अङ्गीकृत र वंशजका आधारमा नागरिकता लिएको उनीहरुको आरोप थियो। सीमावर्ती क्षेत्रमा त्यस्ता नागरिकता लिने बढी छन्।

विसं २०६३ मा ल्याएको ऐनले भित्र्याएको राष्ट्रघातको विस्तारितस्वरुप विधेयकले बोकेको उनीहरुले आरोप लगाए। प्रजिअ लुकबहादुर क्षेत्रीले सो ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा जानकारी गराउने आश्वासन दिए। रासस

प्रकाशित: ९ जेष्ठ २०७६ ०९:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App