१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सरकारले कानुन विपरित निर्देशिका जारी नगर्नूः तिमिल्सिना

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र कानुनको मर्म विपरित नियमावली र निर्देशिका जारी नगर्न सरकारलाई सचेत गराएका छन्। बिहीबार काठमाडौंमा आयोजित प्रत्यायोजित विधायनसम्बन्धि अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले संविधानको स्पिरिट अनुसार कानुन र कानुनको परिधिभित्र रहेर नियमावली तथा निर्देशिका जारी गर्न पनि संघीय संसद र सरकार दुवैको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

अध्यक्ष तिमिल्सिनाले संविधानको मर्म विपरित सरकारले नियमावली र निर्देशिका जारी गरे÷नगरेको कडा निगरानी गर्न पनि राष्ट्रिय सभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिलाई निर्देशन दिए।  अध्यक्ष तिमिल्सिनाले संविधानको मर्म अनुसार कानुन बनाउने कुरामै जटिलता आउन थालेको उल्लेख गर्दै सम्बन्धित पक्षलाई सावधानीपूर्वक कानुन निर्माण गर्न सतर्क पनि गराए।

कार्यक्रममा बोल्दै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले जथाभावी सरकारले नियमावली र निर्देशिका जारी गर्न थालेपछि त्यसलाई रोक्ने ठोस रणनीति तय गर्न  समितिले विज्ञहरुसहितको अन्तरक्रिया कार्यक्रम आयोजना गर्नु परेको स्पष्ट पारे।

अन्तरक्रिया कार्यक्रममा विज्ञहरुसहित प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरु तथा कानुन निर्माणमा सहभागी हुने नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको छ।

 

प्रकाशित: ९ जेष्ठ २०७६ ०६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App