१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगान शरणार्थी स्वदेश फर्किए

काबुल – संयुक्त राष्ट्र संघीय आप्रवासनसम्बन्धी निकाय (आइओएम)ले सन् २०१९ का पाँच महिनामा करिब एक लाख ८५ हजार अफगान शरणार्थी स्वदेश फर्किएको जनाएको छ। यी शरणार्थी पाकिस्तान, इरान र युरोपेली मुलुकबाट स्वदेश फर्किएका हुन्।

आइओएमले बुधबार प्रकाशन गरेको प्रतिवेदनमा इरानबाट मात्र एक लाख ७४ हजार एक सय ८५ जना शरणार्थी अफगानिस्तान फर्किएको उल्लेख छ। इरानमा लामो समयदेखि रोजगारी पाउन समस्या भएपछि उनीहरु स्वदेश फर्किएको बताइएको छ।

यसैबीच, पाकिस्तानबाट नौ हजार पाँच सय १९ तथा युरोपेली मुलुकहरुबाट सात सय १५ जना अफगानी स्वदेश फर्किएका छन्। अफगान शरणार्थी मामिला मन्त्रालयका अनुसार गत वर्ष सन् २०१८ मा छिमेकी मुलुकबाट आठ लाख ४९ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फर्किएका वा फिर्ता गरिएका थिए।

 

प्रकाशित: ९ जेष्ठ २०७६ ०५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App