१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिसाकाण्डको अनुसन्धानप्रति आफन्तको असन्तुष्टि

पोष्टमार्टमपछि शव जिम्मा लिएर लैजाँदै आफन्तजन। तस्बिरः रोहित राई/नागरिक

धरान–पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारको वंश नै नरहने गरी सोमबार राति हत्या भएको घटना अघिको अर्को काण्डमा अनुसन्धान फितलो भएको भन्दै आफन्तले असन्तोष व्यक्त गरेका छन्।

सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ स्थित आरुबोटेमा बमबहादुर फियाकको परिवारका चार जना र धनराज शेर्माको परिवारको पाँच जनाको हत्या गरिएको थियो।

हत्या भएको घरमा एक साताअघि रहस्यमय घटना भएको थियो। वैशाख ३० गते साँझ घरमा पकाएको खाना(भात)मा र नूनमा सिसाको धूलो मिसाइएको भेटिएको थियो। उक्त घटनाबारे परिवारले प्रहरीमा जाहेरी दिए पनि गम्भीरतापूर्वक अनुसन्धान नगरेको भन्दै आफन्तजन असन्तुष्ट छन्। उक्त घटनाबारे प्रहरीले गहिरोढंगमा अनुसन्धान नगर्दा नै सोमबार रातिको हत्याकाण्ड भएको भन्दै उनीहरुले बुधबार पोष्टमार्टमपश्चात शव जिम्मा नलिने भन्दै केहीबोर आक्रोशसमेत पोखेका थिए।

ठूलो संख्यामा भेला भएका मृतकका आफन्त र छिमेकीहरुले सोमबार रातिको हत्याकाण्डलाई एक साताअघिको खानामा सिसा मिसाइएको घटनासँग जोडेर हेरेका छन्। शव जिम्मा नलिने भन्दै दिनभर आक्रोशित भएका मृतकका आफन्तहरुले करिब ४ बजेतिर मात्र शव जिम्मा लिएर मिक्लाजुङ नै लैजान फियाक र शेर्मा परिवारका आफन्तबीचमा सहमति जुटेको थियो। ‘शव जिम्मा नलिने भनेका थियौं, तर मृतकको संस्कार गर्ने र प्रहरी प्रशासनमा दबाब दिने भनेर सहमति ग-यौं,’ मृतक बमबहादुरका आफन्त प्रेमकुमार फियाकले भने, ‘यो घटना हुनुमा प्रहरीको कमजोरी हो भन्ने हाम्रो भनाइ छ।’

फियाकका अनुसार वैशाख ३० गते बेलुकी पकाएको खानामा र नूनमा पनि सिसाको धूलो मिसाइएको भेटिएको थियो। त्यस बेला पनि यो परिवारलाई मार्ने प्रयास गरिएको थियो। पीडितहरुले प्रहरीमा जाहेरी दिएको र शंका लागेको ३ जना व्यक्तिको नाम किटान गरे पनि प्रहरीले सोधपुछसमेत नगर्दा नृसंस हत्याकाण्ड हुनपुगेको स्थानीयको दाबी छ। ‘त्यतिबेला नै ३ जनाको नाम प्रहरीलाई दिइएको थियो, त्यसमा मानबहादुर माखिमको पनि नाम थियो। तर प्रहरीले सोधपुछसमेत गरेन,’ नातामा भतिजा पर्ने मिसेक फियाकले भने, ‘त्यो घटनालाई गहिरोढंगले अनुसन्धान गरेको भए, यो घटना हुँदैनथ्यो।’

नून खाँदा ११ जना बिरामी, सिसा मिसाइएकाे आशंका

मृतकका आफन्तजनले ९ जनाको हत्या मानबहादुरले मात्र गरेको हुनसक्ने भन्ने प्रहरीको प्रारम्भिक आशंकाप्रति पनि असन्तुष्टि जनाएका छन्। झुण्डिएको अवस्थामा भेटिएको मानबहादुर एक्लैले यो घटना गराउन नसक्ने आफन्तजनको भनाइ छ। ‘ऊ एक्लैले ९ जनाको हत्या ग¥यो भन्ने हामीलाई लाग्दैन, अरु पनि सहयोगी छन्, प्रहरी प्रशासनले गम्भीर भएर अनुसन्धान गर्नुपर्छ,’ प्रेम फियाकले भने, ‘झुण्डिसकेकोलाई सबै दोष थुपारेर प्रहरी पन्छिन मिल्दैन। अनुसन्धानको प्रगति विवरण पनि हामीले थाहा पाउनुपर्छ।’ मिक्लाजुङ वडा नं ३ का वडाध्यक्ष हस्तराज फियाक पनि सिसा काण्डको अनुसन्धान गहिरोरुपमा हुन नसकेकोले अनेक प्रश्न जन्माएको बताउँछन्। ‘म आफैंले पनि सिसा मिसाएको घटनामा अनुसन्धानका लागि प्रहरीलाई भनेको थिएँ, यसमा गहिरो अनुसन्धान नभएकैले कतै यो घटना त भएको होइन भन्ने प्रश्न उब्जिएको छ,’उनले भने। 

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले भने सिसा मिसाएको घटनामा प्रहरीले गम्भीरतापूर्वक नै अनुसन्धान गरेको दाबी गरे। ‘प्रहरीले अनुसन्धानमा बेवास्ता ग-यो भन्ने कुरा सत्य होइन। हामीले घटनास्थलमा गएर सिसा भएको वस्तु बरामद ग-यौं, घाइतेहरुसँग पनि कुरा बुझ्यौं। शंकास्पद ठाउँको अनुसन्धान गरेका छौं,’ डिएसपी कुँवरले भने, ‘यो घटनाबारे पनि माथिल्लो निकायबाटै गहिरो अनुसन्धान भइरहेको छ।’ डिएसपी कुँवरले झुण्डिएर आत्महत्या गरेका मानबहादुरले हत्याकाण्ड गराएको आशंका गरिए पनि विभिन्न आयमबाट अनुसन्धान भइरहेको बताए। उनले भने, ‘सिआइबी, १ नं प्रदेश प्रहरीबाट पनि विज्ञ टोलीले अनुसन्धान गरिरहेको छ,’ उनले भने।
 

प्रकाशित: ९ जेष्ठ २०७६ ०५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App