१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सूर्याेदय मेयर कप शनिबारदेखि

इलाम– जिल्लाको सूर्याेदय नगरपालिकास्थित करफोक खेल मैदानमा दोस्रो ‘सूर्याेदय मेयर कप फुटबल प्रतियोगिता’ आउँदो शनिबार सुरु हुँदैछ। इलाम र झापाका ९ टिम सहभागी हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

जिल्लाका सूर्योदय, इलाम, देउमाई, माई तथा झापाका शिवसताक्षी, कन्काई, मेचीनगर, दमक र अर्जुनधारा नगरपालिकाले प्रतियोगितामा सहभागिता जनाउने छन्। विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख रुपैयाँ पाउने बुधबार फिक्कलमा आयोजित पत्रकार सम्मेलनमा सूर्याेदय नगरपालिका–१० का वडाध्यक्ष तथा आयोजक समिति संयोजक पेमाउगेन लामाले जानकारी दिए। प्रतियोगिताको फाइनल आउँदो १८ गते हुनेछ। प्रतियोगिताको लागत २० लाख ८१ हजार रुपैयाँ अनुमान गरिएको लामाले बताए।

करफोक खेलमैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने र करफोक विद्यामन्दिरलाई शिक्षाको ‘हब’ बनाउने उद्देश्यले नगरले यहाँ हरेक वर्ष प्रतियोगिता सञ्चालन गर्दैछ। आयोजक सूर्याेदय नगरका मेयर रणबहादुर राईले भने, ‘करफोक मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन विस्तृत लागत अनुमान प्रतिवेदन (डिपिआर) तयार गरेका छौं।’ नगरले स्थानीय १८ खेलाडीलाई प्रतियोगिताका लागि प्रशिक्षण दिइरहेको छ।

 

प्रकाशित: ९ जेष्ठ २०७६ ०५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App