१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

भारतीय लोकसभा मतगणना : प्रारम्भिक गणनामा एनडीए अगाडि

दिल्ली - भारतीय लोकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा सत्तारुढ बीजेपीको एनडीए गठबन्धनले अग्रता लिएको छ । मतगणना सुरु भएको करिब एक घण्टाको अवधिमा सत्तारुढ गठबन्धन एनडीए २ सय २७ स्थानमा अगाडि देखिएको छ । 

यूपीएले ६६ स्थानमा अग्रता लिएको छ । अन्य दल ६८ स्थानमा अगाडि छन् । गणनाको फरक फरक आँकडा सार्वजनिक भए पनि अधिकांश स्थानमा सत्तारुढ बीजेपी नै अगाडि देखिएको छ।  ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको हो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम अर्थात सातौँ चरणमा मतदान सम्पन्न भएको हो ।

सबै चरणको मतदान सकिएपछि आज विहान सवा ८ बजे मतगणना सुरु भएको हो। अन्तिम चरणको मतदान सकिएपछि आएका अधिकांश एक्जिट पोलमा वर्तमान सत्तारुढ एनडिए गठबन्धनलाई नै यसपटक पनि बहुमत आउने देखिएको छ । तर कांग्रेससहितको विपक्षी गठबन्धन युपिएले एक्जिट पोलमा कुनै सत्यता नरहेको बताएका छन् ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App