१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

राजदूतद्वारा केएनपी जापानको अवलोकन

काठामाडौं - नेपालका लागि जापानी राजदूत मासामिची साइगोले वीरगन्जस्थित बहुराष्ट्रिय कम्पनी केएनपी जापानको स्थलगत अवलोकन गरेका छन् ।  राजदूत मासामिचीले उद्योगको उत्पादन अवस्था र आगामी योजनाबारे जानकारी लिएको कम्पनीले बताएको छ ।  

जापान, भारत र नेपालका लगानीकर्ताको साझेदारीमा यो उद्योग सञ्चालनमा छ । कार्यक्रममा राजदूत साइगोले उद्योगले भोगिरहेको ट्रेडमार्कको समस्या समाधानका लागि दूतावासले पहल गरिरहेको बताए ।

यसअघि पूर्वजापानी राजदूत मासासी ओगावाले पनि सो उद्योगको दुईपटक स्थलगत अवलोकन गरेका थिए । उद्योगले सन् २०१२ देखि नेपालमा उत्पादन थालेको हो ‘

 

प्रकाशित: ९ जेष्ठ २०७६ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App