१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भारतीय लोकसभा चुनाव : मतगणना सुरु

दिल्ली - भारतीय लोकसभा चुनावको मतगणना सुरु भएको छ। ५४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको हो । गएको अप्रिल ११ मा पहिलो चरणको मतदान भएको थियो र यहि मे १९ मा अन्तिम अर्थात सातौँ चरणमा मतदान सम्पन्न भएको हो ।

सबै चरणको मतदान सकिएपछि आज विहान सवा ८ बजे मतगणना सुरु भएको हो। अन्तिम चरणको मतदान सकिएपछि आएका अधिकांश एक्जिट पोलमा वर्तमान सत्तारुढ एनडिए गठबन्धनलाई नै यसपटक पनि बहुमत आउने देखिएको छ । तर कांग्रेससहितको विपक्षी गठबन्धन युपिएले एक्जिट पोलमा कुनै सत्यता नरहेको बताएका छन् ।

प्रकाशित: ९ जेष्ठ २०७६ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App