१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अब स्थानीय तहबाटै किसानको हातमा बजेटः खनाल

फाइल फोटो

नुवाकोट– कृषि मन्त्री चक्रपाणी खनालले कृषिको लागि छुट्याइएको बजेट अबको आर्थिक वर्षदेखि सिधै स्थानीय तहलाई पठाउने बताएका छन्। पोष्टबहादुर स्मृति प्रतिष्ठानले ककनी गाउँपालिका—४ रानीपौवामा आयोजना गरेको कृषि प्रदर्शनी मेलाको समापन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले किसानको नजिकको सरकार स्थानीय सरकार रहेकोले उनीहरुको सहजताको लागि स्थानीय तहमार्फत किसानको हातमा कृषि अनुदान पठाउने बताएका हुन्।

कृषि क्षेत्रको सबै तत्वहरु नेपालको विविध भूभागहरुमा उपलब्ध हुने भएकोले  त्यही अनुसार मन्त्रालयले बजेट छुट्टाएको बताएका छन्। ‘स्थानीय तहहरुले कृषिको कार्यक्रमहरु संघमा पठाएको खण्डमा तीनै तहको सरकारको समन्वयमा कार्यान्ययन हुने गरी सिधै गाउँपालिकामा बजेट पठाउनेछु। कृषि क्षेत्रको उन्नतीको लागि राष्ट्रिय स्तरमा छलफल भइरहेको छ। जसरी हुन्छ कृषिका कार्यक्रमहरुलाई राम्रो बनाउन तर्फ लाग्नुपर्छ। यसमा कृषकदेखि तीनै तहको सरकारको समन्वयात्मक भूमिका आवस्यक छ।’

मन्त्री खनालले अबको दुई वर्षभित्रमा खसी बोका दोश्रो मुलुकबाट आयात बन्द हुने बताएका छन्। ‘हामीले बाख्रा पालन व्यवसायको लागि अत्याधिक बजेट छुट्याएका छौं। किनकी अबको दुई वर्षमा मासुको लागि भनेर बोका खसी अन्य देशबाट भित्राउने छैनौं। त्यसको लागि क्वारेन्टाइन चेकलाई कडा बनाएका छौं। बाख्रा पालक किसानहरुलाई प्रोत्साहन गरिरहेका छौं।’

पोष्टबहादुर स्मृति प्रतिष्ठानको आयोजना र ककनी गाउँपालिकाको सहआयोजनामा गएको शनिबारदेखि मेला सुरु भएको थियो। मेलाको समापन कार्यक्रममा पूर्वमन्त्री हरीबोल गजुरेल, प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङलगायतले कृषिको विकासको लागि नेपालको सम्भावना उत्कृष्ट रहेकोले किसानको पहुच तीनै तहको सरकारसम्म पुग्नुपर्ने बताएका छन्।

मेलाको तरकारी तथा कृषि जन्य उपजहरुको स्टल राख्ने किसानहरुलाई नगद रुपैयाँसहित सम्मान गरिएको मूल्याङ्कन समितिका संयोजक एवं तरकारी जोनका प्रमुख डाक्टर कमलराज गैरेले जानकारी दिए।

 

प्रकाशित: ८ जेष्ठ २०७६ १३:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App