१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

न्यायाधीश ढकालविरुद्ध रिट दायर, भोलि पेशी

काठमाडाैँ - सेवाग्राहीसँग घूस लिएको आरोपमा उच्च अदालत जनकपुरका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।  न्यायाधीश ढकालविरुद्ध काभ्रेका उमेश बानियाँले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । उनीमाथि सेवाग्राही बाँनियाले १८ लाख घूस लिएको आरोप लगाउँदै रिट दायर गरेका हुन्।

यसअघि परिबन्दमा पारी १८ लाख घुस लिएको दाबीसहित बानियाँले दर्ता गराउन गएको निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो। कामु रजिष्ट्रार नारायण पन्थीले न्यायाधीशमाथि कारबाही गर्ने निकाय न्याय परिषदले उजुरीमाथि छानबिन गरी तामेलीमा राख्ने निर्णय गरेको भन्दै दर्ता गर्न अस्वीकार गरेका थिए।

२०७५ माघमा बैठक बसी न्याय परिषद्ले उक्त मुद्दा तामेलीमा राखिसकेको जिकिर गर्दै सर्वोच्च प्रशासनले बानियाँको निवेदन दर्ता गरेको थिएन। त्यसविरुद्ध बानियाँ इजलासमा निवेदन लिएर गएका थिए। न्याायाधीश सपना प्रधान मल्लको इजलासले निवेदन दर्ता गर्न आदेश गरेको थियो ।आदेशपछि सर्वोच्च प्रशासनले बुधबार रिट दर्ता गरेको हो। उक्त रिटकाे पेशी बिहीबारका लागि तोकिएको छ।

प्रकाशित: ८ जेष्ठ २०७६ ०९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App